2026-09-18 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यसकारण नमनाउनुहोस् भ्यालेन्टाइन डे (हेर्नुहोस् ८ कारण)

फेब्रुअरी १४ लाई मायाँ ब्यक्त गर्ने दिनको रुपमा लिने गरेको पाइन्छ | यस दिन प्रेमी र प्रेमिका बीच माया साटासाट गर्ने गरिन्छ | नेपालमा प्रणय दिवस अर्थात भ्यालेनटाइन डे मनाउने प्रचलन पछिल्लो समय चलन नै बनिसक्यो । 

तर जसले प्रेम सच्चा अर्थमा नै गर्छ उसको लागि भ्यालेन्टाइन्स डे को आवश्यकता पर्दैन । यहाँ तपाइँले भ्यालेन्टाइन्स डे मनाउन नहुने ८ कारणबारे चर्चा गरिएको छ ।

१. पुलिसको खतरा

भ्यलेन्टाइन्स डे मा तपाइँ एकान्त खोज्दै कतै जानु हुन्छ । तर पुलिसलाई भने भ्यालेन्टाइन्स डेमा तपाइँ जस्तै जोडीले कतिबेला एकान्तमा गएर उनीहरुकै शब्दमा आपत्तिजनक ब्यवहार गर्छन् भन्ने पर्खाइ हुन्छ । तपाइँ प्रेमी वा प्रेमिकालाई चुम्दै गरेको समयमा पक्राउ पनि पर्न सक्नु हुन्छ । सके सम्म यस्ता डेटिङ भ्यालेन्टाइन्स डे भन्दा अन्य दिनमा गर्नुस् ।

२. पैसाको सर्वनाश

भ्यालेन्टाइन्स डे मा रेष्टुरेन्ट होटल वा रिसोर्ट चलाउनेहरुका लागि दशैं नै हो । अन्य दिन १०० रुपैयाँ पर्ने चिजलाई यो दिन ५०० रुपैयाँ पार्न सक्छन् उनीहरु । खानेकुरा देखि बस्ने ठाउँ सम्मको चार्ज भ्यालेन्टाइन्स डेकै लागि आकाशिएको हुन्छ । तपाइँ प्रेमी वा प्रेमिकासँग यस्तो ठाउँमा जानु भो भने अर्को समस्या पैसा घटाउन आग्रह गर्न समेत अफ्ठेरो मान्ने अवस्थामा हुनु हुन्छ । पैसा जोगाउन चाहनु हुन्छ भने भ्यालेन्टाइन्स डे बाहेक अरु दिन नै खोज्नुस् प्रेम गर्नको लागि ।

३. फूलको मूल्य

भ्यालेनन्टाइन्स डेमा सबै भन्दा बढी विक्री हुने कुरा हो फूल । मानिसहरु प्रेम ब्यक्त गर्न फूल किन्छन् । तर भ्यालेन्टाइन्स डे फूल किन्नेका लागि भने सबै भन्दा गलत दिन हो । यो दिन फूल किन्नेले अरु दिन फुलसँगै खाजा खान पुग्ने पैसा फूलको लागि मात्र हाल्नु पर्छ । एक पटक सोंच्नुस् यति महंगो प्रेम गर्ने कि नगर्ने ।

४. मोटो हुनबाट बँच्नुस्

भ्यालेन्टाइन्स डेमा डेटिङ गएपछि तपाइँ चकलेट देखि केक सम्मका फ्याटी फुडबाट बँच्ने मौका पाउनु हुन्न । तर यस्ता खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिदैनन् र मोटोपन बढाउन कारक मानिन्छन् ।

५. लाइन बस्नुपर्छ

भ्यालेन्टाइन्स डे मा रेष्टुरेन्ट होटल, रिसोर्ट, पार्क सम्म पनि भिडम भिड हुन्छ । पहिले देखि नै भ्यालेन्टाइन्स डे स्किमका कारण छोइनसक्नु महंगो पनि । यस्ता ठाउँमा गएर लाइन बस्नु भन्दा प्रेम गर्ने साइत अरु नै जुराउनुस् ।

६. भिडबाट अलग

भ्यालेन्टाइन्स डै मा सबै जना फेसबुक स्ट्याटस देखि हरेक कुरामा भ्यालेन्टाइन्स डे मय बनेका हुन्छन् । तपाइँ यो दिन फरक बन्न सक्नु हुन्छ । तपाइँलाई १४ फेब्रुअरी बाहेक वर्षमा अरु दिन पनि छ नि प्रेम गर्नका लागि ।

७. आमा बाबुको आँखामा हेर्नुस्

बाबुको मुख हेर्ने दिन आयो । आमाको मुख हेर्ने दिन पनि गयो । तपाइँले सामान्यरुपमा मनाउनु भयो । तर भ्यालेन्टाइन्स डे मा भने भए नभएको पैसा खर्च गरेर अनेक हर्कत किन गर्नु हुन्छ ? एक पटक आमा बाबुको आँखामा हेर्नुस् प्रेमी वा प्रेमिकालाई जस्तै एक दिन मायाँ दिनुस् ।

८. प्रेम एक दिनमा मात्र ब्यक्त हुन्छ

मानिसहरु भ्यालेन्सटाइन्स डेका लागि मरिहत्ते गर्छन् मानौ प्रेम गर्नका लागि अरु दिन नै छैन । खासमा भ्यालेन्टान्स डे मा मात्र अभिब्यक्त हुने प्रेम झुठो हुन सम्भावना प्रवल हुन्छ । प्रेम त जीवन भरीका लागि हो । किन एक दिन मात्र ? भ्यालेन्टाइन्स डेलाई वर्षमा एक मात्र प्रेम ब्यक्त गर्ने दिनकोरुपमा नमान्नुस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई