2026-06-20 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोन स्लो भएर हैरान हुनुहुन्छ ? त्यसो भए अपनाउनुस् यी उपाय

2019-02-19

काठमाडौं । के तपाईँको स्मार्टफोन स्लो भएको छ र यहि कारणले सँधै समस्या आएको छ । यदि त्यसो हो भने तपाईँले केहि सामान्य काम गर्नुहोस् जसले स्लो भएको स्मार्टफोनलाई फेरी तिब्ररुपमा काम गरोस् ।

एप्स, वालपेपर र अन्य अनावश्यक विषयहरु हटाउनुस्

फोनमा भएको स्टोरेजलाई ध्यानमा राखेर मात्र एप्स डाउनलोड र इन्स्टल गर्नुहोस् । अधिक संख्यामा एप्स फोनमा हुँदा पनि स्मार्टफोन स्लो हुन्छ । फोनमा भएका कतिवटा एप्स तपाईँ प्रयोगमा ल्याउनुहुन्छ, त्यसमा ध्यान दिनुस् । जून एप्स तपाईँले महिनौंदेखि प्रयोग गर्नु भएको छैन् भने त्यसलाई तत्काल हटाईदिनुस् ।

त्यस्तै फोनमा नै पहिले प्रि-लोड गरिएका एप्स पनि हुन्छन् । यदि ती एप्स तपाईँलाई आवश्यक छैन भने पनि त्यसलाई हटाउन सकिन्न त्यसैले त्यस्ता एप्सलाई डिसेबल गर्नुस् ।

इदि तपाईँले स्मार्टफोनको डिस्प्लेलाई आकर्षक देखाउन लाइभ वालपेपर प्रयोग गर्नुभएको छ भने त्यसले पनि फोनलाई स्लो बनाउँछ । त्यसैले लाइभ वालपेपरलाई हटाउनुस र होम स्क्रीनमा अधिक संख्यामा विजेट छ भने पनि स्मार्टफोन सुस्त हुन्छ ।

Cache क्याचलाई क्लियर गर्नुस्

तपाईँले हरेक पटक प्रयोग गरेको एप्सले गर्दा त्यसको क्याच जम्मा हुन लाग्दछ । स्मार्टफोन स्लो हुनुको एक मूख्य कारणमा यो पनि हो । यस्तोमा स्मार्टफोनमा सबैभन्दा धेरै प्रयोग हुने एप्सको क्याचलाई नियमितरुपमा डिलीन गर्ने गर्नुस् । क्याचलाई क्लियर गरेपछि पनि तपाईँले एप्स फेरी प्रयोग गर्न सक्नुहुन्छ, र फेरी क्याच एकत्रित हुन्छ ।

क्याच हटाउनको लागि सबैभन्दा पहिलो सेटिंगमा जानुस र त्यसमा भएको एप्समा ट्याप गर्नुस् । त्यसपछि त्यहाँ आउने एप्सको लिस्टमध्ये जून एपको क्याच क्लियर गर्ने हो त्यसमा ट्याप गर्नुस् । त्यहाँ तपाईँलाई क्लियर क्याच भन्ने अप्सन देखाउँछ र त्यसमा ट्याप गरेर क्याचलाई सफा गर्न सक्नुहुन्छ ।

इनबिल्ट स्टोरेजलाई क्लिक गर्नुस्

एउटा विषय सँधै ध्यानमा राख्नुस कि यदि तपाईँको फोन स्लो हुनबाट बचाउने हो भने तपाईँको स्मार्टफोनमा भएको इनबिल्ट स्टोरेजमध्ये करिब २० प्रतिशत खालि भएको हुनुपर्दछ । इनबिल्ट स्टोरेज भनेको तपाईँको स्मार्टफोनमा नै उपलब्ध आन्तरिक स्टोरेज हो । यस्तो स्टोरेजमा भएका तस्विरहरु, एप्सले अधिक स्पेस लिएको खण्डमा तिनीहरुलाई डिलीट गर्ने वा सार्ने गर्नुपर्दछ ।

इदि तपाईँको इनबिल्ट स्टोरेज सकिएको छ भने त्यसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर अतिरिक्त स्टोरेज बढाउन सकिन्छ । यस्तो एक्सटर्नल स्टोरेजमा तपाईँले स्मार्टफोनमा भएको तस्विर, एप्स, भिडियो, म्यूजिक, डकुमेन्टहरु सार्न सक्नुहुन्छ । जसले गर्दा तपाईँको स्मार्टफोनको स्टोरेज बचत हुन्छ ।

यसको लागि तपाईँले स्मार्टफोनको सेटिंगमा गएर एप्समा जानुपर्दछ । सार्न चाहेको एप्समा क्लिक गरेर त्यसमा भएको मुभ टू एसडी कार्डको अप्सन प्रयोग गर्नुहोस् ।

तर केहि पुराना एन्ड्रोयड फोनहरुमा भने यो फीचर नहुन सक्दछ ।

फर्मवेयर अपडेटको जाँच गर्नुस्

स्मार्टफोनको फर्मवेयर अपडेटबाट फोनमा विभिन्न किसिमको सुधार आउने गर्दछ । यसमा मुख्यरुपले परफर्मेन्स अप्टिमाइजेशन पनि हो ।

यदि तपाईँको फोनमा नियमितरुपमा स्लो हुने समस्या आईरहेको छ भने तपाईँले फोनको सेटिंग्समा गएर यो बारेमा हेर्नसक्नुहुन्छ । कम्पनीले बेला बेलामा तपाईँको फोनको लागि सफ्टवेयर तथा सेक्यूरिटी अपडेट दिईरहेको हुन्छ ।

यसको लागि सेटिंग्समा जानुस् । त्यसपछि सिस्टममा गएर अबाउटमा ट्याप गर्नुहोस र सफ्टवेयर अपडेटस्मा जानुस् । यदि कुनै सफ्टवेयर अपडेट आएको त भने तपाईँले अपडेट गर्न सक्नुहुनेछ तर त्यो भन्दा पहिले आफ्नो फोनको ब्याकअप लिनुहोस् ।

एनिमेशनलाई डिसेबल गर्नुस्

तपाईँहरुलाई यो जानकारी हुन आवश्यक छ कि एनिमेशन्स मुख्यरुपमा मेन्यू, एप ड्रअर्स र अन्य इन्टरफेस लोकेशन्समा ग्राफिकल ट्रान्जिशनको बीचमा काम गर्दछ । स्मार्टफोनको प्रयोगको समयमा एनिमेशन एक्टिभ रहन्छ । यसले केबल फोनको प्रयोगलाई उत्कृष्ट बनाउनको लागि का मगर्दछ । यदि तपाईँलाई आफ्नो स्मार्टफोन सुस्त भईरहेको जस्तो अनुभव भएको छ भने यसलाई बन्द गरिदिनुस् ।

स्मार्टफोनमा भएको एनिमेशन्सलाई बन्द गर्न अरु भन्दा कठिन छ किनकी यो केबल डभलपर्स अप्सनमा मात्र राखिएको हुन्छ । डेभलपर अप्शन तपाईँले सेटिंग्समा भेट्नुहुन्छ । डेभलपर अप्शनमा तपाईँले सबै एनिमेशन हेर्न सक्नुहुन्छ र यदि चाहेमा बन्द गर्न सक्नुहुन्छ ।

तर यो ध्यानमा राख्नुहोस की डेभलपर अप्शनमा अन्य कुनैपनि विकल्पहरु नचलाउनुहोस् नत्र तपाईँको स्मार्टफोन नै बन्द हुने अन्य समस्या आउन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते