पढ्न करिब 3 मिनेट लाग्छ

मानसिक तनावका थुप्रै कारणहरू छन् । हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ।

मुख्य कुरा कुनै पनि घटनालाई हामी कसरी हेर्छो भन्ने हो । मानिसहरु जब आफ्नो क्षमताले आफ्ना समस्यालाई समाधान गर्न सकिदैन तबसम्म तनावमा रहन्छन् ।

तनावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे हामी तपाईलाई केहि टिप्स दिन गइरहेका छौं :-

१. ब्यक्तिगत सम्बन्ध :तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

२. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।

३. समूहमा सहभागी : आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।

४. सामूदायिक क्रियाकलाप : सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

५. आफ्नो हेरचाह : आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।

६. आफैलाई चुनौति : कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हँुदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।

७. तनावको सामना : तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

८. पुनर्ताजकी : मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

९. बर्तामानको महसुस : धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

१०. मद्दत : अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ । यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ ।

एजेन्सी