2026-09-18 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुब्लोपनका कारण चिन्तित हुनुहुन्छ ? यी खानामा ध्यान दिनुस्

फागुन २०, काठमाडौं | मोटोपन अधिकांशका लागि समस्या होला ! तर, कतिपय मानिस दुब्लोपनका कारण चिन्तित हुन सक्छन् । तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौलसमेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खानेकुराको सेवन गर्न आवश्यक छ ।

काजु/बदाम

काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ । साथै, काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्टसमेत हुने हुँदा ट्युमर र क्यान्सरजस्ता रोग लाग्नबाट बचाउँछ । त्यस्तै, नियमित बदाम खाएमा पाचन शक्ति बढ्ने भएकाले अन्य खानेकुरा सजिलै पच्न मद्दत पुग्छ ।  

गहुँको रोटी

नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी हुन्छ ।

मौसमी फलफूल

मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ । अझ त्यस्ता फलफूलको रस पिउनु झन् उपयोगी हुन्छ ।

प्रोटिनयुक्तपदार्थ

माछा, मासु, अन्डा, दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाएर तौल बढाउन सकिन्छ ।  

क्यालोरीयुक्त खाना

बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्न मद्दत पुग्छ । साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ । अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । 

अन्डा

यदि, तपाईंको दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाएर तौल बढाउन सक्नुहुन्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अण्डाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्नसमेत सहयोग गर्छ ।  

केरा

डिप्रेसनलगायत मानसिक समसया र मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाएमा यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । यसमा पाइने पौष्टिक ततवले समस्याबाट बचाउन मद्दत गर्छ । साथै, केरा ऊर्जावद्र्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ । यो समाग्री नयाँ पत्रिकाबाट लिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई