काठमाडौं । चैनले को मानिस सुत्न चाहदैनन् र ? राम्रो निन्द्रा शरीरको लागि अत्यावश्यक चीज हो । मान्छे राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ । अनिन्द्राले शरीरलाई आराम दिदैन, केवल थकान मात्र महशुस गराउँछ । त्यसैले मानसिक तनाव कम गर्न पनि निन्द्रा अत्यावश्यक चीज हो ।

नवजात (०–३ महिना )–

भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन।

शिशु (४–११ महिना) –

यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।

वामे सर्नेहरु (१–२ बर्ष)–

यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ९ देखि १६ घण्टाको निद्रा हो।

विद्यालय जानु अघिका (३–५ बर्ष)–

विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन।

स्कुले उमेरका (६–१३ बर्ष)–

अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।

किशोरकिशोरी (१४–१७ वर्ष)–

किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।

युवा (१८–२५ बर्ष)–

युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन।

वयस्क (२६–६४ बर्ष)–

यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ।

बृद्ध (६५ बर्ष भन्दा माथि)–

यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन। एजेन्सी