2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यी ७ कुरा भुलेर पनि अरुलाई नभन्नुहोस्

मानिसले कतिपय कुराहरु गोप्य नै राख्नुपर्ने हुन्छ | कतिपय मानिसहरु गोपनीयतालाई फाइदाको दृष्टिले हेर्ने गर्छन् त्यसले यसले जीवनमा ठुलो समस्या पनि निम्त्याउने गर्छ | हामीले तल गोपनियता अपनाउनुपर्ने कहिँ कुराहरु व्याख्या गरेका छौ पढेर अवस्य मनन गर्नुहोस् |

१. घर परिवारको कुरा

हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं । आफ्ना साइनो, सम्बन्धका सबै कुरा खुलाउँछौ । त्यती मात्र होइन, परिवारका सदस्यहरुको अवस्था, हैसियत काम, आपसी मनमुटाव, अविश्वास सबैकुरा सुनाउँछौ । यसले भोलिका दिनमा हामीलाई संकटमा पार्न सक्छ ।

घरको समस्या, घरको अवस्थाबारे सबैकुरा खोल्नु हुादैन । श्रीमान र श्रीमतीको संसार व्यवहार गोपनिय राख्नुपर्छ । कतिपय व्यक्तिहरु आफ्ना श्रीमतीको पोल खोल्छन् । अर्काबाट साहनुभूति हासिल गर्नका लागि यस किसिमको गल्ती नगरौ । यसले तपाईंको कमजोरी प्रदर्शित हुन्छ ।

२. घरको रहस्य

कतिपय व्यक्ति यस्ता हुन्छन्, जो कोही व्यक्ति आफ्नो घरमा आउनसाथ उनलाई घरको कुनाकाप्चा देखाउँछन् । घरको सबै कुरा बुझाउँछन् ।

तपाईंको विश्वासपात्र जो छन्, उनीबाट तपाईंलाई केही खतरा नहोला । तर, यसरी घरको कुनाकाप्चा देखाइरहँदा भोलिका दिनमा कतिपय साथीबाट भने अप्ठ्यारोमा पर्न सकिन्छ । उनीहरुलाई विश्वास गरेर तपाईं घरको सबै कुरा देखाउनुहुन्छ, यसले भोलिका दिनमा समस्यामा पार्न सकछ ।

३. धनको कुरा

तपाईंसँग कति धन छ ? धन कसरी आर्जन गरिरहनुभएको छ ? धन कसरी संचय गर्नुभएको छ ? यी कुरा कसैलाई पनि बताउनु संभावित संकट निम्त्याउनु हो ।

धनको कुरा सकेसम्म गोप्य राखेकै राम्रो हो । यसको अर्थ यो होइन कि तपाईंको धन देखेर अरुले ऋण माग्छन् । यसको अरु नै कारण छन् । आफ्ना साथीभाई, आफन्तलाई आफुले राखेको धनबारे खुलाउन आवश्यक छैन । यद्यपी श्रीमतीलाई भने सम्पूर्ण विवरण दिनुपर्छ ।

४. अपमानको कुरा

जीवनमा कहिले काहीँ अपमान झेल्नुपर्छ । यदि कसैले अपमान गरेमा त्यसलाई सामना गर्नैपर्ने अवस्था आउँछ । संभव भएसम्म त प्रतिकार गरेको राम्रो ।

यद्यपी यसरी आफु अपमानित भएको कुरा भने अरुलाई सुनाउनु हुँदैन । आफु कसरी अपमानित भइयो, कसले अपमान गरे भन्ने कुरालाई गोप्य राख्नु नै भलाई हुन्छ । अरुबाट सहानुभूति आर्जन गर्नका लागि आफुमाथि भएको अपमानबारे बताइरहँदा अरुको मनमा आफुप्रतिको धारणा थप कमजोर बन्छ ।

५. आफ्नो अयोग्यता वा कमजोरी

हामी सम्पूर्ण रुपमा पोख्त हुँदैनौ । सबैकुरा जान्ने हुँदैनौ । कतिपय कमजोरी हुन्छ । यद्यपी आफ्नो कमजोरी, अयोग्यताबारे प्रचार गर्दै हिँड्नु हुँदैन । यस्तो कुरालाई रहस्यमै राखेको वा गोप्य राखेको राम्रो हो ।

यदि हामीले आफ्नो कमजोरी बतायौं भने अरुले त्यही कमजोरीमा टेकेर हामीमाथि आफ्नो प्रभाव लाद्ने प्रयास गर्छ । त्यसैले यस्ता कुरामा गोपनियता अपनाएको वेश हुन्छ ।

६. मनको कुरा

हाम्रो मनमा अनेक कुरा हुन्छन् । तर, मनमा आएजति कुरा अरुलाई बताउँदै हिँड्नु हुँदैन । यसरी मनको कुरा सबैको अगाडि खोल्दा हाम्रो मनोविज्ञान, हाम्रो बौद्धिकता, हाम्रो धारणा सबैकुरा अरुले थाहा पाउँछन् । अतः हामीलाई उनीहरुले कमजोर आँक्न सक्छन् ।

७. दानको कुरा

अहिले त अरुलाई के दिइन्छ, कति दिइन्छ भन्ने कुरा फोटो खिचाउने चलन छ । अरुलाई केहि दिनुपरेमा फोटो खिचाएर सामाजिक सञ्जालमा त्यसको प्रचार गरिन्छ । जबकी अरुलाई हामी केही दिन्छौ भने त्यो कुरा एकदम गोप्य राख्नुपर्छ । नभए अरुलाई हामीले निस्वार्थ मनले दिएका छैनौ भन्ने हुन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई