2026-06-20 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाली खुट्टा हिँड्दा यत्ति धेरै फाइदा !

2019-04-17

काठमाडौं | विना जुत्ता वा चप्पल खाली खुट्टा हिड्नु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तपाईले यो कुराको बारेमा सोँच्नु भएको थियो ? खाली खुट्टा अर्थात नांगै पैताला हिँड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले रक्तसञ्चार सहज गराएर थकान कम गराउँछ ।

खाली खुट्टा बिहान हरियो घाँसमा हिँड्दा फाइदा हुने कुरा त सुन्नुभएकै होला तर, खाली खुट्टा जमिनमा हिँड्दा पनि कैयौँ फाइदा हुने अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यसलाई ‘अर्थिङ सिद्धान्त’ नाम दिएका छन् ।

प्रकृतिको सम्पर्कमा नांगो पैताला पैदल हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुने एक अध्ययनले देखाएको छ । लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचका अनुसार जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् ।

खाली खुट्टा जमिनमा हिँड्दा मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुने जस्ता फाइदा पुग्ने विज्ञहरू बताउँछन् । यसबाट जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्यामा कम हुने विज्ञहरुको तर्क छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल