सास | धर्म शात्राको अनुसार सृष्टिको सुरु ओमको ध्वनिबाट भएको हो | ध्वनिको लयबद्ध सुरिलो प्रस्तुति नै संगीत हो | अझ संगीतलाई रोचक बनाउन संगीतीक साधनले महत्वपूर्ण भूमिका खेल्छ | हिन्दु धर्मको अनुसार संगीतिक साधनहरुको छुट्टै महत्व रहेको छ | म्यूजिक अफ हिन्दुस्तान पुस्तकको अनुसार केहि वाद्यवाधकको रोचक इतिहास पनि रहेको छ | ति हुन् …

१. सारंगी

सारंगीको कल्पना रावणास्त्र तथा रावणहस्त वीणाबाट भएको हो | संगीतिक शास्त्रमा सारंगीको जानकारी संगीतराजमा पनि रहेको छ | पिनाक वीणामा वीणा बजाउने क्रममा एउटा यस्तो अवस्था पनि आउछ जहाँ वाद्यकलाई धनुषधारी धनुष लिएर बसेको महसुस हुन्छ | यसरी वीणालाई नै पछी सारंगी भनिएको हो |

२. वीणा

वीणाको प्रयोग शास्त्रीय संगीतमा हुन्छ | शिवपुराणको अनुसार नारदजीको साधनाबाट प्रसन्न भएर शिवजीले उनलाई संगीत कला प्रदानको लागि वीणा दिएका थिए | शिव प्रदोषको अनुसार जब शूलपाणि शिवले नृत्य गर्ने इच्छा देखाएपछी सरस्वतीले वीणा, इन्द्र वेणु, ब्रह्माले करताल र विष्णुले मृदंग (मादल) बजाएका थिए |

३. मृदंग

यो वाद्यको नाम धेरै गन्थमा पढ्न पाईन्छ | प्राचिन मृदंग (मादल) लाई तीन भागमा प्रयोग गरिएको छ | मृदंगलाई एक भागमा काखमा राखेर भने दोस्रो भागमा माथिको दिशामा तर्फ राखेर प्रयोग गरिएको थियो | सातौ शताब्दीमा मृदंगको उर्ध्वमुखी भागलाई पनि हटाएर मादलको परिचय दिएको थियो |

धर्म शास्त्रको अनुसार सारंगी, वीणा र मादलको रोचक इतिहास
Leave a Comment