सास | महिलामा सबैभन्दा डरलाग्दो रुपमा हुने समस्या भनेको नै स्तन क्यान्सरको समस्या हो । स्तनमा हुने विभिन्न समस्याहरुलाई वास्ता नगर्नाले महिलाहरुलाई स्तन क्यान्सरले सताउने गर्छ । महिलामा मात्र नभएर पुरुषमा पनि यो समस्या हुन्छ | नेपाल लगायत विकासोन्मुख राष्ट्रमा महिला र पुरुष दुवै स्तनको जाँच गर्न लजाउने कारणले गर्दा पनि यो समस्याले विकराल रुप लिँदै गरेको हो । नेपालमा दोस्रो ठूलो स्वास्थ्य समस्याको रुपमा रहेको स्तन क्यान्सर समयमै उपचार गरे निको हुने चिकित्सकहरुको भनाइ छ । तर स्तन क्यान्सरको बारेमा पौराणिक मान्यता र वास्तविकता भने कहिँ फरक रहेको छ ।

स्तन क्यान्सरको ५ पौराणिक मान्यता र वास्तविकता यी रहेका छन् ;-

पौराणिक मान्यता – स्तन क्यान्सर आनुवंशिक रोगको हो |

वास्तविकता - मात्र ५ देखि १० प्रतिशत मान्छेलाई मात्र बंशाणुगत कारणले स्तन क्यान्सर हुन्छ | हाम्रो दैनिक जीवनको प्रभाव नै क्यान्सरको मुख्य कारण हो |

पौराणिक मान्यता – स्तन क्यान्सरको जोखिम कम हुदैन् |

वास्तविकता- स्वास्थ्य शरीर, दैनिक व्याम, एल्कोहलको कम प्रयोगले स्तन क्यान्सरको जोखिम कम हुन्छ |

पौराणिक मान्यता - ब्राले स्तन क्यान्सर हुन्छ |

वास्तविकता- ब्राले स्तन क्यान्सर हुदैन | सन् २०१४ को साइंटिफिक स्टडीजको अनुसार ब्रा र स्तन क्यान्सर बीच कुनै सम्बन्ध रहेको छैन | जुन महिला ब्राको प्रयोग गर्दैनन् उनीहरुलाई पनि स्तन क्यान्सर भएको पाईन्छ |

पौराणिक मान्यता - दैनिक मेम्मोग्रामले स्तन क्यान्सरबाट बच्न सकिन्छ |

वास्तविकता - मेम्मोग्रामले स्तन क्यान्सरलाई निको पार्दैन | तर स्तन क्यान्सर हो कि होइन भनेर चाहिँ मेम्मोग्रामबाट पत्ता लगाउन सकिन्छ | जसले गर्दा उपचार गर्न सजिलो हुन्छ |

पौराणिक मान्यता – दुर्गन्ध हटाउने केमिकलले क्यान्सर हुन्छ |

वास्तविकता - यो खाले केमिकलले कुनै नकरात्मक असर गर्दैन |

‘ब्रा’ को कारण महिलामा स्तन क्यान्सर हुन्छ, सहि कि गलत ?
Leave a Comment