२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन देखिन्छ यौन-सपना ?

२०७६, ३० बैशाख सोमबार १०:३५

मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । 

सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् ।

सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।

अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो ।

हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ ।

यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।

यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । 

अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ ।

अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ