2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईं कति भाग्यमानी ? हात हेरेरै थाहा पाउनुहोस्

काठमाडौं । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । आउनुहोस आज राजयोगका बारेमा केही बुझौं । 

१.राजयोगको परिस्थितीः जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ उसको हात र खुट्टाको रेखा एकदमै स्पष्ट हुन्छ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर भएर बित्ने उल्लेख छ ।

२. विभिन्न चिन्हः सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाईअनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वा चक्रको निशान देखिन्छ, ऊ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।

३. विभिन्न निशानः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।

४. राज्यको अवसरः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ, चक्र वा ध्वजाको निशान हुन्छ त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ ।

५. लक्ष्मीको प्रियः यस्तो व्यक्ति जसको खुट्टामा कुनै पांग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जमिन, घर प्राप्त हुन्छ र जीवनभर ऊ सुशी र सम्पन्न हुन्छ । उसको घरमा सधै लक्ष्मीको बास हुने हुँदा उसलाई धनको कमी हुँदैन ।

६.कोठीः जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ उ एकदमै धनी तथा समाजिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।

७. भाग्य रेखाः माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्यरेखा भनिन्छ, यो रेखा प्रष्ट र कहींपनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।

८.विभिन्न अंगहरुबाट ज्ञानः समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक, र गहिरो नाइटो हुन्छ, उसको भाग्यले उसलाई एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।

९. राजयोग को शर्तः राजयोग तबसम्म सिद्ध मानिदैंन जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारीरिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ । माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ । हात वा पैतालामा शंख, चक्र, गदा, खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई