2026-07-25 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गर्नु अघि युवतीलाई सोध्नैपर्ने ५ महत्वपूर्ण प्रश्नहरु जानी राखौ

टिप्स । आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्न नभुल्नु होला ताकी पछी आफ्नो परिवारिक सम्बन्धका कुनै समस्या नआओस् ।

बिहे अघिनै एक-अर्काको आनीबानी थाहा नभएपनि त्यस सम्बन्धि सावधानी अपनाउनु निकै बुद्धिमानी हुन्छ । बिहे पछि यस्तो आनीबानी थाहा पाउनकै लागि वर्षौंसम्म लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भरमै हुने जीवनसाथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नुहुन्छ ।

यसले तपाईको जीवनमा नयाँ मोड ल्याउन सक्छ । विहे गर्नुभन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरु यस प्रकार रहेका छन् । 

१. फ्यूचर प्लानिङको बारेमा छोटो प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने बुझ्नुहोस् । याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ । यदी युवतीको फ्यूचर प्लानिङ बिहे अघिनै थाहा पाएमा राम्रो हुन्छ । उनले भविष्यको लागि सोचेको कुरा तपाइँलाई चित्त बुझ्दैन भने बिहे अघिनै त्यसबारे स्पष्ट आफ्नो धारणा राखेर भविष्यमा आउन सक्ने अनावश्यक विवादबाट पहिलेनै बच्न सक्नुहुन्छ ।

२. सबैभन्दा पहिला केटीको शिक्षाको बारेमा सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो । भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ । उनको शिक्षा र उनले परिवारलाई बुझेको खण्डमा मात्र सुखी परिवार बन्न सक्छ ।  

३. आर्थिक मामलामा उनको धारणा के हो त्यो पनि बुझ्नु होस् । तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्वपूर्ण हुनेगर्छ । तर याद गर्नुहोस् मनी माइन्डेट युवति छ भनेपनि तपाईको जीवन सफल नहुन सक्छ । त्यसैले पैसानै सवथोक मान्ने खालको युवती छ भने तपाइँले बिहे अघिनै सावधानी अपनाउदा पछी समस्या आउंदैन । आफ्नो सम्पति जति भएपनि बिहेअघि सम्पति धेरै छ भन्ने देखाउनु पनि राम्रो हुँदैन ।

४. उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् । उसका साथीहरु कस्ता-कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ । उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो । किनकी उसको बाल्यकाल त्यही बितेको छ ।

५. त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोस् । रुची हेर्दा सानो-सानो देखिएपनि मानिसको संस्कार र संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस् । एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक