2026-06-20 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो तौल घटाउने हो भने ३ बजे अघि नै खाजा खानुस्, सुत्ने र खाने समयमा ग्याप राख्नुस्

सास | अमेरिकन जर्नल अफाक्लीनिकल न्यूट्रेशनमा प्रकाशित एक अध्ययन अनुसार दिउसोको खाजा ३ बजे पछी खानाले मानिसहरुमा तौल बढ्ने सम्भावाना हुने गरेको छ | यो अध्ययन स्पेनका करीब १२०० भन्दा बढी तौल बढी भएका मानिसहरुमा गरिएको थियो | 

स्वस्थ रहनको लागि सहि समय छानेर खाने कुराहरु खानु जरुरी हुन्छ | खास गरेर यदी तपाइको तौल बढेको छ भने तपाइँले अनिवार्य समय अनुसार खाने कुरा खानु उपयुक्त हुन्छ | यदी तपाई छोटो समयमै आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने, खानेकुराको साथसाथै खाने समयको बारेमा पनि धेरै कुराको जानकार हुनु आवश्यक रहेको अध्ययमा उल्लेख छ तर कामको चाप र समय नमिल्नाले धेरै मानिसहरु लन्च ढिलो गर्दछन् र यही कारणले तौल बढ्छ |

लन्च गर्ने सबैभन्दा अनुपयुक्त समय कुन हो ? 

अमेरिकन जर्नल अफा क्लीनिकल न्यूट्रेशनमा प्रकाशित एक अध्ययन अनुसार दिउसोको खाना ३ बजे पछी खानाले मानिसहरुमा तौल बढ्ने सम्भावाना हुने गरेको छ | यो अध्ययन स्पेनका करीब १२०० भन्दा बढी तौल बढी भएका मानिसहरुमा गरिएको थियो | जो आफ्नो बढ्दो तौलका कारण निकै तनावमा थिए | अध्ययनको क्रममा यस्तो पाईयो कि मानिसहरु दिउसो ३ बजेपछी खाजा खाने गर्दछन, जसको कारण उनीहरुको वजन झनै बढ्ने क्रममा रहन्छ |

यो अध्ययनमा खासगरि विशेष जेनेटिक भएका मानिसहरुलाई समावेश गराईएको थियो | सन् २०१३ मा भएको अर्को एक अध्ययनले पनि यस्तै कुरा सार्वजनिक गरेको थियो कि ३ बजेपछी खाजा खाने गर्नाले मानिसको तौल घट्दैन उल्टो बढ्छ |


लन्चको समयले कसरी पार्छ फरक ? 

खानु र सुत्नुले शरीरलाई ठूलो प्रभाव पार्छ | इन्सुलिन नामक हर्मोनमा पनि यसको गहिरो असर पर्छ | जब शरीरमा इन्सुलिन सेन्सिटिभिटी कम हुन्छ तब वजन कम गर्न मुस्किल हुन्छ |

खाना खाने सही समय कुन हो ? 

हार्वर्ड यूनिवर्सिटीद्वारा गरिएको अध्ययनले समय मिलाएर खाना नखानाले स्वास्थ्यमा नकारात्मक असर पर्दछ | जो मानिस सही समयमा खाने कुरा खाँदैन, उसको तौल घटाउन निकै समस्या पर्छ | हरेक दिन निश्चित समय मिलाएर खाना खाने गर्नाले शरीरको सर्केडियन क्लकले सही तरीले काम गर्छ |

रिपोर्टमा भने अनुसार सही समयमा खाना खानाले मेटाबलिज्म, मोटोपन र स्लिप साइकल सही तरीकाले काम गर्न थाल्दछ | तपाइँ पनि यदी आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने सही समयमा खाना खान शुरु गरि हाल्नुस  | 

बिहानको ब्रेकफास्ट गर्ने सहि समय बिहान ८ बजे भित्र, त्यसपछि ११ बजे भित्र बिहानको खाना, त्यसपछि ३ बजे भित्र खाजा र बेलुका ७ देखि ९ बजेभीत्र बेलुकीको खाना खाँदा राम्रो हुन्छ  | बेलुकीको खाना खाँदा अर्को महत्वपूर्ण कुरा के ध्यान दिनुस भने तपाइले खाने समय र सुत्ने समस्यको अन्तर ३ घण्टाको हुनुपर्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते