Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्कासी मोबाइल बन्द भए फ्रिजमा हाल्दिनुस

२०७६, १४ असार शनिबार ०५:४७

सास । स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुस भन्ने हेतुले यो जानकारी दिएका छौं तल पढ्नुस: 

फोन एक्कासी बन्द भएमा…. 

कहिलेकाहि नयाँ वा पुरानो फोन एक्कासी बन्द हुन सक्छ । यस्तो अवस्थामा उक्त मोबाइललाई प्लास्टिकले बेरेर फ्रीज भित्र हालेर केहि समय पछी फोन अन गर्न सकिन्छ । स्मार्टफोनको ब्याट्री लिथियम आयनबाट बनेको हुन्छ । तातो भएपछी यसले एक्कासी काम गर्न छाड्छ ।  त्यसैले कुल फ्रिजमा फोन राख्दा ब्याट्री पुरानै अवस्थामा ल्याउन सकिन्छ । तर फ्रीजमा राख्दा फोनलाई राम्ररी प्लास्टिकले बेरेर राख्नुस नत्र फोन भिजन सक्छ । साथै १/२ घण्टा भन्दा धेरै बेर नराख्नुस । 

फोन पानीमा भिजेमा … 

फोन भिजेको छ भने तुरुन्त स्विच अन नगर्नुस् । साथै भिजेर पनि फोन खुलै छ भने स्विच अफ गर्नुस । यस्तो गर्दा फोनमा बिद्युत सर्ट हुन पाउंदैन । यदी ब्याट्री निकाल्न मिल्ने फोन छ भने तत्काल निकाल्नुस साथै सिम कार्ड, स्क्रीन गार्ड, मेमोरी कार्ड निकाल्नुस । फेरी कुनै कटनको कपडाले फोन पुछ्नुस । पुछीसके पछि फोन र ब्याट्रीलाई धान वा चामलभित्र दबाउनुस । धान वा चामलले फोनबाट छिट्टै पानि सोस्न मद्धत गर्छ । ८/१० घण्टापछी मोबाइल खोल्ने प्रयास गर्नु हुन्छ । 

फोन स्क्र्याच भएमा… 

यदि तपाइको फोनको स्क्रीन गार्ड छैन भने बिस्तारै स्क्राय्च हुन्छ । स्क्र्याच भएको भागलाई सफा गर्दा टुथपेस्ट प्रयोग गर्न सक्नुहुन्छ र नरम कपडाले बिस्तारै बिस्तारै पुछ्न सक्नुहुन्छ । यसले फोनको स्क्रीन सफा बनाउँछ । 

फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा…

यदि तपाइ एप्लिकेशन डाउनलोड गर्दै हुनुहुन्छ र त्यसै समय तपाइको एन्ड्रोइड फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा नआत्तिनुस । यस्तो अवस्थामा फोनको ब्याट्री निकालीदिनुस् । फेरी ब्याट्री लगाएर फोनलाई रीस्टार्ट गर्नुस । रीस्टार्ट गरेपछि गूगल प्लेमा गएर तपाईलाई चाहिएको ऐप फेरी अपडेट गर्न सक्नुहुन्छ । यदी अपडेटको अप्सन नआएमा उक्त एप्लाई अनइन्स्टल गर्नुस र फेरी इन्स्टल गर्नुस । समस्या समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै