2026-09-18 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन भन्दा पनि एक चिम्टी नुन महत्वपूर्ण, तर कसरी ?

टिप्स | वास्तु शास्त्रका अनुसार नूनले खाने कुरालाई स्वादिलो बनाउने मात्र होइन यसको प्रयोगबाट जीवनमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

नुनमा हुने अदभुत शक्तिले घरमा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ । तल जानकारी लिनुस सुन भन्दा महत्वपूर्ण नुनको चामत्कारिक गुणबारे:

१- वास्तु शास्त्र भन्छ घरमा नुनको प्रयोगले नकारात्मक उर्जा नष्ट हुन्छ । परिवारको कुनै सदस्यलाई कसैको नजर लागेमा एक चिम्टी नुन त्यस्तो ब्यक्तिको शिरमाथि घुमाएर पानीमा बगाइदिएमा यस्तो दोष मेटिन्छ । यो मानिसहरुको स्वागतका लागि पनि प्रयोग गर्न सकिन्छ ।

२- वास्तु दोष हटाउनका लागि काँचको कचौरामा नुन राखेर शौचालय वा वाथरुममा राख्दा घरमा सकारात्मक उर्जा जम्मा हुन सक्छ । शौचालय र स्नान गृहमा नकारात्मक उर्जा जम्मा हुने हुँदा नुनले यस्तो उर्जालाई निषेध गर्ने वास्तु शास्त्रको भनाइ छ ।

३- काँचको कचौरामा केही मात्रामा नुन राखेर घरको कुनै कुनामा राखिदिनुस् । यसले पुरै घरमा सकारात्मक उर्जा प्रभाहित हुन्छ । यसरी राखिने नुनले राहु, केतुको दशा समेत मेटाउँछ । यसरी नुन राख्दा मनमा उत्पन्न हुने नकारात्मक विचार निषेध हुन्छन् ।

४- ढिक्के नुनलाई रातो कपडामा बेरेर घरको मुख्य द्वारमा राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्न नपाउने वास्तु शास्त्रको भनाइ छ । यस्तो नुनलाई आफ्नो कार्यस्थल वा ब्यापारिक स्थलमा पनि राख्न सकिन्छ ।

५- रात्रिकाल अघि नै पानीमा एक चुट्की नुन मिलाएर हात खुट्टा धुँदा चिन्ताबाट मुक्त हुने वास्तु शास्त्रको भनाइ छ । यसो गर्दा निद्रा र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने मानिन्छ ।

६- घरमा रक सल्ट ल्याम्प राख्दा पनि सकारात्मक उर्जा पैदा हुन्छ । वास्तुका अनुसार यो विधिले घरमा शान्ति अमन चयन र समृद्धी बढ्छ । रोगको पनि नाश हुन्छ ।

७- हप्तामा एक पटक नुन मिसिएको पानीले बच्चालाई स्नान गराइदिनु पर्छ । यसो गर्दा कसैको नजर नलाग्ने वास्तु शास्त्रको भनाइ छ । नुन पानीले स्नान गराएको बच्चालाई स्वास्थ्य समस्या पनि कम हुने वास्तु शास्त्रको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई