Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिवाहित जोडीलाई बाबुआमा बन्न कुन उमेर उचित हुन्छ ? जान्नुहोस

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विवाहका लागि २५ देखि २८ बर्ष उमेरलाई  उपयुक्त मानिन्छ । किनभने यो उमेरमा विवाह गरेपछि हामीले आफुलाई व्यवस्थित गर्न, घर-गृहस्थी चलाउन, छोराछोरी जन्माउन-हुर्काउन समय पाउँछौं । हुन त विवाह गर्नुअघि जागिर खानुपर्छ, आयआर्जनमा सहभागी भइसक्नुपर्छ भन्ने छैन ।

साथसाथै अध्ययन पुरा गरेर मात्र विवाह गर्नुपर्छ भन्ने पनि छैन । यो हाम्रो परिस्थिती, अवस्था, सामाजिक मान्यता, घरायसी व्यवस्था सबै कुराले निर्धारण गर्ने कुरा हुन् ।

विवाहका लागि भने निश्चित उमेरअवधी नै ठिक हुन्छ । उमेर ढल्किसकेपछि वा उमेर नपुगी गरिएको विवाहले दाम्पत्य जीवनको तालमेल मिलाउन कठिन हुन्छ । भौतिक कुरामा मात्र होइन, भावनात्मक कुरामा पनि थुप्रै झन्झट आइलाग्छ ।किनभने दाम्पत्य जीवनबाट हामी घर-गृहस्थीमा प्रवेश गर्छौं ।

दाम्पत्य सुख, परिवार सुखसँगसँगै थुप्रै दायित्व पनि बोक्नुपर्ने अवस्था हो यो । त्यसैले उचित उमेरमा विवाह गरियो भने सबै किसिमको भूमिका निर्वाह गर्नका लागि हामी सक्षम हुन्छौं ।

विवाहपछि आफ्नै कोखको सन्तान हुर्काउने रहर पनि हुन्छ । सन्तानलाई हामी आफ्नो वंशको निरन्तरता ठान्छौं । यो प्राकृतिक चक्र पनि हो ।

किनभने निश्चित उमेरपछि हाम्रो मृत्यु हुन्छ । त्यसपछि पनि सृष्टिलाई चलयामान बनाइराख्न अर्को पुस्ताको खाँचो हुन्छ । कुन उमेरमा सन्तान जन्माउने भन्ने कुरा पनि यहाँ महत्वपूर्ण हुन्छ । किनभने कम उमेर वा बढी उमेरमा सन्तान जन्माउनु शारीरिक र मानसिक जोखिमका कुरा हुन् ।

उमेर ढल्कन नपाउँदै सन्तान जन्माउनुपर्छ । एक अध्ययनमा के भनिएको छ भने, धेरै उमेर पछि सन्तान जन्माउँदा आफ्नो सन्तान आकर्षक नहुने पनि उक्त अध्ययनले खुलाएको छ ।

दाम्पत्य जीवनमा सन्तान कहिले जन्माउने भन्ने कुराले निकै महत्व र अर्थ राख्छ । कतिपयले आफुहरु अझ परिपक्क भइसकेपछि सन्तान जन्माउने योजना बनाउँछन् । भने कतिपयले विवाह लगत्तै पहिलो प्राथमिकतामा सन्तान जन्माउने कुरालाई राख्छन् ।