एजेन्सी | बजारमा पाइने धेरै जसो खानेकुराहरु स्वास्थ्यमा नकारात्मक असर पुर्याउने हुन सक्छन |यी खानेकुराहरुमा धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक र सरल घरेलु तरिका अपनाउनु लाभदायक हुन्छ । र जसले स्वास्ठेलाई सधै तन्दुरुस्त बनाउन मदत गर्दछ |

यदी तपाइँ आफ्नो पेटको बोसो घटाउ चाहनु हुन्छ भने खानुस यी निम्न कुराहरु जसले तपाइलाई स्वस्थ र तन्दुरुस्त बनाउ छ |

१ लसुन :लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । त्यस्तै

२.ग्रीन टीः पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ । जुन स्वास्थेका लागि फाइदा जनक हुन्छ |

३.केराः तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

४.पुदीनाः एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

५.दालचीनीः तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै ठिक हुनेछ |

६.स्याउः स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

७.ओमेगा थ्रीले भरपुर खानेकुराः तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ । यी खानेकुराह्रु दैनिक सेवन गर्नाले

पेटको बोसो घटाउन मदत गर्द छ | जसले गर्दा स्वस्थ जीवन र पेटमा बोसोको समस्या हुदैन |