एजेन्सी | यदि तपाइँ राति निन्द्रा नपर्ने सम्स्यामा हुनुहन्छ भने ख्याल राख्नुहोस् यी कुराहरु जसले तपाइको निन्द्रा र ब्याममा केहि भएपनि राहत मिल्ने छ | दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो प्राय धेरैको हुने गरेको छ | शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन ।

बास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छन् ।

१. जुत्ता–चप्पल

सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै राख्नुभयो भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ ।

२.पानीको जग

सिरानी नजिकै पानीको जग राख्ने प्रचलन नै छ । यस्तो गर्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।

३.तेल

सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।

४.ऐना

पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन ।

५.मोबाइल -ल्यापटप

मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुहोस् बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको गरेको छ ।