2026-09-18 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बास्तु दोषबाट बच्न घडी, घरको कुन दिशामा राख्ने ?

एजेन्सी | यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । बास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछ । शास्त्रको अनुसार घरमा घडी झुन्ड्याउँदा सही दिशामा राख्नु जरुरी छ ।

अण्डाकार घडी : अण्डाकार घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । यसले घरमा भएको थुप्रै बास्तु दोषहरु केही दिनमा ठिक गराउँछ । बास्तु शास्त्रको अनुसार यो दिशामा घडी राख्दा नयाँ बाटाहरु पहिल्याउँन सहज गराउँछ ।

निलो रङको घडी :व्यापार वा नोकरीमा उन्नति होस् भन्ने चाहानुहुन्छ भने निलो रङको घडी घरको उत्तर दिशामा राख्नुपर्छ । घडि निलो रङको नै हुनु आवश्यक छ । साथै यसले धन, सम्पत्तिसँग जोडिएको समस्या पनि कम हुन्छ ।

कर्टीलेज फ्रेम भएको घडी: बालबच्चा सुत्ने र बस्ने कोठामा कर्टीलेजको फ्रेम भएको घडी राख्दा उनीहरुमा सकारात्मक सोचको विकास हुन्छ । परिवारको लागि पूर्व–पश्चिम दिशामा राख्नुस् घडी

यदि विभिन्न कारणले घर–परिवारसँग समय विताउन पाइरहनुभएको छैन भने घरको पूर्व–पश्चिम दिशामा घडी राख्नुपर्छ । तर, ध्यान दिनुहोस् उक्त घडी बन्द हुन दिनुहुँदैन ।

पारिवारिक तस्बिर भएको घडी: घरको सदस्यबीच माया र प्रेम पैदा गर्नको लागि परिवारको संयुक्त तस्बिर भएको फे्रमसहितको घडी घरमा राख्नुपर्छ । यसले आपसी सम्बन्धमा सदैव प्रेम बनाइराख्छ ।

विदेश यात्राको लागि

विदेश यात्राको लागि इच्छुक मानिसहरुले उत्तर–पश्चिम दिशामा घडी राख्नुपर्छ । ध्यान राख्नुस्, घडीको आकार गोलो हुनुपर्छ । र त्यसको रङ क्रिम हुनुपर्छ । यसले विदेश यात्राको सपना छिट्टै पूरा हुन्छ ।

ग्ल्यामरको क्षेत्र मन पराउनेका लागि

ग्ल्यामरको क्षेत्र मन पराउने मानिसहरुका लागि दक्षिण दिशामा त्रिकोणात्मक आकारको घडी राख्नुपर्छ । घडीको फ्रेम काठको हुनुपर्छ । ग्ल्यामरको दुनियाँको साथसाथै रचनात्मक काम गर्न इच्छुकहरुका लागि यो फाइदाजनक हुन्छ ।

बन्द भएको घडी:ब्याट्री सकिएपछि मानिसहरु घडीमा ब्याट्री परिवर्तन गर्न धेरै समय लगाउँछन् । बन्द भएको घडीले राहु काललाई निम्त्याउँछ । त्यसैले घडी बन्द हुने वित्तिकै छिट्टै ब्याट्री परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी राख्दा घरमा नकारात्मक शक्ति आउँछ ।

आखाँको अगाडि घडी जहिल्यै पनि आखाँकै अगाडि राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई