2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् केराको बोक्राको फाइदै-फाइदा !

भदौ १६, काठमाडौँ | यदि तपाईंले अहिलेसम्म केराको बोक्रालाई फोहोर सम्झेर त्यत्तिकै फ्याँकिरहनु भएको छ भने अबदेखि त्यस्तो नगर्नु होला । किनभने केराको बोक्रामै यति धेरै गुण तथा फाइदाहरु छन्, जसका बारेमा तपाईंलाई जानकारी नै छैन । त्यसमा भएको भिटामिन, कार्बोहाइड्रेट, एन्टि अक्सिडेन्ट तथा पोटासियम जस्ता तत्वहरु तपाईंको छालाको लागि कुनै वरदानभन्दा कम छैन ।

यस्ता छन् केराको बोक्राका फाइदाहरु

 तपाईंको अनुहारमा छालासम्बन्धी समस्या जस्तो डण्डिफोर, एक्ने अथवा कालो दाग आएको छ भने केराको बोक्राले तपाईंलाई सहयोग गर्न सक्छ । त्यसका लागि केराको बोक्रामा मह लगाएर अनुहारमा हल्का हातले मसाज गर्ने र केही समयपछि सफा पानीले अनुहार धुनु भयो भने तपाईंले छालाका समस्याबाट छुटकारा पाउने हुनेछ ।

ब्ल्याक हेडको समस्याका लागि पनि केराको बोक्रा उपयोग गर्न सकिन्छ । त्यसका लागि केराको बोक्रालाई मिचेर त्यसमा आधा चम्चा कागतीको रस तथा एक चिम्टी बेकिङ पाउडर मिसाउने । त्यसपछि उक्त मिश्रणलाई ब्ल्याक हेड आएको ठाउँमा लगाउने र दश मिनेटपछि सफा पानीले धुने । त्यसो गर्दा ब्ल्याक हेडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

दाँतमा भएको पहेंलोपनलाई हटाउनका लागि पनि केराको बोक्रा निकै नै प्रभावकारी मानिन्छ । करिब एक हप्तासम्म सधैं बिहान एउटा केराको बोक्राले दाँतमा राम्ररी रगडेर कुल्ला गर्नु पर्छ । यसो गर्दा दाँतको पहेंलोपनबाट छुटकारा पाउन सकिन्छ ।

आँखाको तल्लो भागमा कालो हुने समस्याबाट ग्रसित हुनुहुन्छ भने त्यसमा पनि पनि केराको बोक्रा काम लाग्छ । त्यसका लागि केराको बोक्रालाई मिक्सर-ब्लेन्डरमा पिस्ने र त्यसमा एलोभेरा जेल मिसाएर आँखाको तल्लो भागमा लगाउने । उक्त पेस्ट सुकेपछि राम्ररी पखाल्नु पर्छ ।

केराको बोक्रामा पाइने एन्टि अक्सिडेन्टले छालाको चाउरीपनाबाट पनि छुटकारा दिन्छ । त्यसका लागि केराको बोक्रालाई मिक्सरमा पिस्ने र त्यसमा दुई चम्चा बदामको तेल मिसाएर अनुहारमा लगाउने । करिव २० मिनेटपछि सफा पानीले अनुहार धुने । यसो गर्नाले अनुहारको छाला चाउरी पर्नबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई