2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनसम्पर्क पछि के चाहन्छन् महिलाहरु ?

एजेन्सी | महिलाहरु यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।

सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ । यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ ।

हरेक दिनको सट्टा हप्ताको एक दिन समर्पित समय बिताउने हो भने श्रीमान्–श्रीमतीबीच प्रेमभाव बढ्नुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुने एक अध्ययनले देखाएको छ | रोमान्स वैवाहिक जीवन एवं यौन सम्पर्कको सुरुवातका लागि अपरिहार्य मानिन्छ, तैपनि कहिलेकाहीँ महिलाहरू रोमान्स छाडेर यौनसाथीबाट केवल यौन सम्पर्कको चाहना राख्छन् । यस्तो अवस्थामा यौनसाथीले उनीहरूको मनोभाव बुझ्न सकेनन् र इच्छापिवरीत व्यवहार गरे भने महिलाहरू रुष्ट हुन्छन् । फलस्वरूप सम्बन्ध चिस्सिन सक्छ |

सम्भोगपछि प्राय: पुरुष आफू स्खलित हुनेबित्तिकै मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यस्तो व्यवहार रुचाउँदैनन् । महिलाहरू सहवासपछि पनि यौनसाथीले प्रेमपूर्ण स्पर्श, आलिङ्गन एवं आफूप्रति ध्यान दिएको रुचाउँछन् जुन कुरा अधिकांश पुरुष बुझ्न सक्दैनन् |

पुरुषले सदैव महिलाहरूको मनको नजिक रहन चाहने हो भने उनीहरूको इसारा बुझ्न सक्नुपर्छ । महिनावारीका क्रममा हार्मोनमा आउने परिवर्तनले महिलाहरूको मुड परिवर्तन गर्छ । यस्तो बेला कसैलाई अधिक यौनेच्छा हुन्छ भने कोही यौन सम्पर्कबाट टाढै रहन चाहन्छन् । यस्तोमा पुरुषले उनीहरूको मनोभाव बुझेर सोहीअनुरूप व्यवहार गर्ने प्रयास गर्दा सम्बन्ध दिगो हुन्छ ।

यौन सम्पर्कमा महिला यौनसाथीका अगाडि आफूलाई अब्बल साबित गर्ने चक्कर वा दबाबमा पुरुषहरू गम्भीर हुन्छन् । यदि यस्तो गरिन्छ भने आफ्नो व्यवहार बदल्नु आवश्यक छ किनभने – महिलाहरू अन्तरंग क्षणमा यौनसाथीसँग ठट्टा गर्ने मुडमा हुन्छन्, जसले आत्मीयता बढाउँछ ।

अधिकांश महिला सुस्त गतिको यौन सम्पर्कलाई महत्व दिन्छन् । महिलाहरू यौनसाथीसँग अश्लील कुराकानी गर्न चाहन्छन् । यस्तो बेला पुरुषहरू चुपचाप हल्लिइरहेको उनीहरूलाई निको लाग्दैन । यौन सम्पर्कपछि आफूले पिल्स प्रयोग गर्नुभन्दा पुरुषले कन्डम प्रयोग गरून् भन्ने महिलाहरूको अपेक्षा हुन्छ ।

महिलाहरू पुरुषले आफूलाई बेडरुममा कुरेर बसिरहेको भन्दा आफ्नो काममा सहयोग गरेर काम सकिएपछि अन्तरंग क्षणको मजा लिन रुचाउँछन् । यौन सम्पर्कका क्रममा सार्‍है बढी तनाव तथा पीडा महिलाहरूका लागि रुचिकर हुँदैन ।

एक अध्ययनअनुसार ७५ प्रतिशत महिला यौन सम्पर्कको सर्वोत्तम अनुभव चाहन्छन् भने पुरुषहरूबाट केही बढी नै अपेक्षा राख्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई