२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! महिलाहरुमा यसकारण निम्तिने गर्छ बाँझोपन समस्या !

२०७६, २७ भाद्र शुक्रबार ०५:३२

एजेन्सी | बाँझोपन समस्या हुदाँ हाम्रो समाजमा धेरैजसो दोष महिलालाई दिने गरिन्छ । महिलामा बाझोपना हुनुको प्रमुख कारण भनेको डिम्ब उत्पादन नहुनु हो । त्यस्तै गर्भ नबस्नुमा पाठेघरको नली बन्द हुने, महिलाको फेलिपिन ट्युब बन्द हुँदा विभिन्न संक्रमण हुन सक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुन सक्छ । यद्यपी आफुमा बाँझोपन भए, नभएको संकेत भने उनीहरुले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन् ।

यस्ता छन् बाझोपनको कारण:

१. महिनावारीको अन्तराललाई ध्यान दिने: कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिनभन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउ दिन्छ । एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ । त्यसबाहेक, तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो पि्र-मेनोपौजको संकेत हुनसक्छ ।

२. तौल नियन्त्रित गर्ने: करिब १२ प्रतिशत बाँझोपनामा तौल मुख्य कारण हुनेगर्छ । विशेषगरी, शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पुर्‍याउँछ ।३. एक्ससाइजले पनि पार्छ असर: एक अध्ययनले जनाए अनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा एक्सरसाइज नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्छ । तर, त्यो भन्दैमा धेरै वर्कआउट गर्नैपर्छ भन्न खोजेको हैन । धेरै वर्कआउट गर्नाले शरीरमा उर्जाको कम हुनसक्छ र धेरै तनाव भएर प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

४. गर्भनिरोधधक चक्कीको प्रयोग:गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनाको समस्या निम्तने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ । एक शोधले जनाए अनुसार चार वर्ष भन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्ष भन्दा कम समय यो चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको थियो । उक्त शोधले जनाए अनुसार यस्ता चक्कीले ओभ्यूलेशन रोक्दछ भने केहीले अण्डालाई जिवित राख्नमा पनि मद्दत गर्दछ ।

५. वंशाणुगत कारणले पनि पार्नसक्छ असर: चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ । त्यसबाहेक फाइब्राइड, एंडोमेटि्रयोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा