2026-07-10 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी पाँच कारणले कहिले पनि विवाह गर्नुहुँदैन, के-के हुन् पाँच कारण ? जान्नुहोस

कसै न कसैको दबाबमा अधिकांश किशोर किशोरीहरुको विवाह छिट्टै हुने गर्दछ, उनीहरुले विवाह आफ्नो खुशीले गरेका हुँदैनन् । अनि पछि गएर पछुताउँछन् । तपाईं पनि यस्तै बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने यी कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला 

परिवारको दबाव-प्राय: अधिकांश परिवारका सदस्यहरुले अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमा–बुवाको दवावका कारण छोरीहरु पनि विवाहका लागि सहजै तयार हुन्छन् । तरु त्यस्ता धेरै कुराहरु हुन सक्छन् जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भैरहेको हुन्छ ।

आफन्तको दबाव- आमा–बुवाले कहिलेकाहीँ कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुवामाथि दबाव दिइरहन्छन् । ती आफन्तहरुले ‘केटा अत्यन्त राम्रो छ, छोरीको विवाह उसैसँग बिहे गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाव दिन थाल्छन् । यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर बिवाहगर्दा पछुताउनु पर्नेछ ।

बढ्दो उमेरको चिन्ता- परिवारका सदस्यहरुले ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाव दिन थाल्छन् । तिमीसँग कसले विवाह गर्छ  ? जस्ता कुराहरु गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुवाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ । जब उनीहरु विवाहका लागि तयार हुन्छन, त्यसपछि मात्रै विवाह गरिदिनु पर्छ । छोरीहरुलाई विवाहका लागि प्रशस्त सोच्न समय दिनुपर्छ ।

सम्पत्ति-  आर्थिक सम्पन्नता र रहनसहन देखेर कतिपय व्यक्तिहरु विवाहका लागि तयार हुन्छन् । तर, ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन । त्यसैले विवाह गर्नुअघि हुनेवाला जीवनसाथीका बारेमा राम्ररी बुझ्नुपर्छ ।

ब्रेकअपलाई बिर्सन-कतिपय व्यक्तिहरु ब्रेकअपपछि निकै नै उदास तथा दु:खी हुन थाल्छन् । त्यस्तो बेला उनीहरुसमक्ष विवाहको प्रस्ताव आयो भने उनीहरुले त्यसलाई तत्काल स्वीकार्छन् । यसो गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नु होस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट