यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ, बिबाहको दिन देखि नै जीवनको एक नयाँ अध्याय पनि सुरु हुन्छ |

यसै कारण पनि धेरै कुरा जान्न जरुरी हुन्छ ताकी भविष्यमा बैबाहिक जीवन शुखदायी होस् | बैबाहिक जीवन सुरु भएको दिनदेखि नै निकै सतर्कता अपनाउनुपर्ने हुन्छ, सतर्कता नअपनाउदा बैबाहिक नातानै सुरुवातदेखि बिग्रन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ |

थाहा पाउनुहोस्- बिबाहको पहिलो रात तपाइँले के-के कुरामा ध्यान दिनु जरुरी छ ?

१. बिबाहको पहिलो दिन आफ्नो पुराना कुरा नखोल्नुस | पुराना कुराकै कारण बैबाहिक नातामा पहिलो दिनदेखि नै दरार पर्न सुरु हुन सक्छ | त्यसैले आफ्नो साथीले पुराना कुराको बारेमा सोधीहाले पनि कुनै कुरा नखोल्नुस बरु बिभिन्न बहाना बनाउन सकिन्छ |

२. बिबाहको पहिलो रात उसको परिवारको विषयमा कुरा नगर्नुस् | यसले आफ्नो जीवनसाथीमा नराम्रो असर पर्न सक्छ |

३. बिबाहको पहिलो रात रोमान्सको लागि हतार गर्नुहुँदैन | पहिलो रात एक-अर्कालाई बुझ्ने रात भएकाले सकेसम्म जीवनसाथीलाई नै रोमान्सको लागि तयार पार्नुपर्छ | सकेसम्म उसैले चाहना राखेमा मात्र उसको इच्छा पूर्ति गर्ने प्रयास गर्नुपर्छ | अन्यथा आफैले उ तयार नहुँदासम्म रोमान्सको बिषयमा कुरा गर्नु हुँदैन | बिबाहकै रात सकेसम्म छिटो सारीरिक सम्बन्धको लागि हतार गर्नु राम्रो होइन |

४. बिबाहको पहिलो रात ध्यान दिनुस् कि अब उसको सबैभन्दा नजिकको साथी नै तपाई हो | उसको कमजोर गुणलाई पनि बलैयो बनाउने प्रेरणा दिन सक्नुपर्छ | उसलाई दु:ख-सुख जुनसुकै परिस्थितिमा पनि साथ दिन सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ | सकेसम्म उसको कमजोर पाटोलाई खोतलेर त्यस पक्षलाई तपाइले साथ दिन तयार छु भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ |

५. बिबाहको पहिलो रात एकोहोरो आफ्नो कुरा मात्र गर्नु हुँदैन, उसको कुरा पनि निकै ध्यान दिएर सुन्नुपर्छ | उसको कुरा सुनीदिँदा उसलाई निकै राम्रो लाग्छ | साथै उसले गरेको कुरामा चित्त नबुझे पनि उसलाई आफ्नो राय नराख्नुनै उत्तम हुन्छ | तर प्रतिक्रिया मागेको खण्डमा भने विचार पुर्याएर मात्र जवाफ दिनुपर्छ | सकेसम्म उसको कुरालाई समर्थन गर्नु नै उत्तम हुन्छ | उसले मनको कुरा खोलिरहँदा सुनिदिनुपर्छ | साथै समस्याको बिषयमा कुरा उठाएको खण्डमा त्यसको उपयुक्त जवाफ पनि दिन सक्ने हुनुपर्छ |

६. यदी सारीरिक सम्बन्धको बारेमा जिज्ञाशा राखेमा पनि सबै खुलेर बोल्नु रामो हुँदैन | बिबाहको पहिलो रात सुहागरात भन्ने गरिन्छ र त्यो दिन सारीरिक सम्बन्धको बिषयमा पनि कुरा उठ्न सक्ने हुँदा पहिलो दिननै शारीरिक सम्बन्धको लागि दवाब नदिनु राम्रो हुन्छ | तर उसलाई तपाई प्रति शारीरिक सम्बन्धमा उत्साहित बनाउन भने सक्नु पर्छ | साथै उ पूर्ण रुपमा तयार छ भने शारीरिक सम्बन्ध राख्दा पनि राम्रो हुन्छ |

November 3, 2019
काठमाडौँ - KTM, टिप्स
बिबाहको पहिलो रात भुलेर पनि नगर्नुस् यी ६ गल्ति
By साझासवाल
6 मिनेट पढाइ