बारम्बार नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज

साझासवाल
2 Min Read

के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा ऐठन हुने समस्याबाट ग्रसित हुनुहुन्छ ? कतिपयलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यदि तपाईलाई पनि यस्तै समस्या छ भने ग्रसित हुनुहुन्छ र यसबाट छुटकारा लिन चाहनुहुन्छ भने शास्त्र अनुसार तलको विधि अपनाउनुस् :-

१. सुकमेल : यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ र ६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नुपर्छ।

२. पानीले भरेको तामाको भाडा : निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस।

३. चक्कु : वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस । यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।

४. पहेलो चामल : पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।

५.ओछ्यान सफा गर्नुहोस : सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।

६. कपाल बाँधेर सुत्नुहोस : सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।

७. जुत्ता-चप्पल : सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।

८.ओढ्ने : ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन ।नेपाली पत्रकाे सहयाेगमा

Share This Article
Leave a Comment

Leave a Reply