एजेन्सी | मानव शरीरको एउटा महत्वपूर्ण अंग हो कलेजो | जब कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ | एउटा स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुने गर्छ | शरीरमा भएको विकार रसायनलाई फिल्टर गरेर दिशा पिसाबको रुपमा बाहिर फाल्नेकाम यसले गर्दछ |

कलेजोले रगत निर्माण गर्छ भने रगतमा भएको चिनिको मात्रालाई कम पनि गर्छ | औसतमा कलेजोले तिन सय भन्दा बढीकाम गर्छ | महत्वपूर्ण मानव शरीरको अंग कलेजोमा खराबी आयो भने बिभिन्न संकेतहरु देखिन सक्छन | यस्ता संकेत देखिना साथ् समयमै उपचार गर्दा निको हुनसक्छ | कलेजो बिग्रिएमा देखिन्छन् यस्ता संकेतहरु हेर्नुहोस :

१. खाना नमिठो लाग्नु : कलेजोको समस्या छ भने खानाको स्वाद नै नमिठो लाग्छ | मुखबाट गन्ध आउने जस्ता समस्या देखा पर्न थाल्छन |

२.हातखुट्टा सुन्निनु: हात खुट्टा सुन्निन थाल्यो भने कलेजोको समस्या हुन् सक्छ | पेटभन्दा मुन्तिर सुन्नेको महसुश हुन् थाल्यो भने कलेजोको समस्या पनि हुन् सक्छ त्यसकारण समयमै उपचार गराउनु राम्रो हुन्छ |

३.छाला पहेँलो हुँदै जानु :आँखामा पहेलोपन बधाई जानु र छाला पहेँलो हुँदै गयो भने कलेजोको समस्या हुन् सक्छ | पिसाबमा पनि पहेँलोपना बढ्दै गयो भने कलेजोको समस्या हुनसक्छ |

४.रगत बान्ता हुनु: रगत बान्ता हुन् थाल्यो भने अर्थात बान्ता गर्दा रगत देखियो भने कलेजोको समस्या हुनसक्छ त्यसकारण समयमै उपचार गर्नु उचित हुन्छ |

५.कमजोरी:निन्द्रा कम लाग्नु, थकान लाग्नु जस्ता लक्षणहरु देखिए कलेजोको समस्या हुनसक्छ | समयमै आवश्यक डाक्टरको सल्लाह लिएर उपचार गर्दा निको हुनसक्छ |