२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

२०७६, १८ पुष शुक्रबार १६:२२

प्रकाश सिलवाल | पुष १८, काठमाडौँ | राजधानी काठमाडौँ लगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ । 

चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ । बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । 

पाटन अस्पतालका बाल विशेषज्ञ डा भीष्म पोखरेल चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा भएकाले न्यानो पारेर राख्न सुझाव दिनुहुन्छ । रासससँग कुरा गर्दै डा. पोखरेलले भन्नुभयो, “पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडावान्तको बढी समस्या देखिन्छ तर सम्हाल्नै नसक्ने स्थिति भने छैन ।” 

उहाँले चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ हुन सक्ने भएकाले त्यसबाट बच्न सल्लाह दिनुभयो । ‘रोटा भाइरस’ को खोप निःशुल्क दिने नेपाल सरकारको सूचीमा परेपनि हालसम्म उपलब्ध भइसकेको छैन । डा पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्दै घरका झ्याल ढोका थुनेर कोइला बाल्दा ‘कार्बन मनोक्साइड’ हुन सक्ने जनाउनुभयो । दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउन र दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिन पनि सल्लाह दिनुभयो । उहाँले घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई तिनबाट परै राख्न भीडभाडमा नराख्न आवश्यक रहेको जनाउनुभयो ।

आजैमात्र ३०/४० जना चिसोबाट असर खेपेका बालबालिकालाई परीक्षण गर्नुभएका त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालका ‘बाल सर्जन’ डा दिनेश कोइरालाले बालबालिकालाई मुख्यगरी टाउको दुख्न सक्ने भएकाले जोगाउन आग्रह गर्नुभयो । पाँच वर्षसम्मका बालबालिकाको विकासको क्रममा टाउको ठूलो हुने भएकाले उनीहरुको तातो क्षयीकरण (हिट लस) हुन सक्ने भएकाले छातिका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाउन र पसिना आएमा समय समयमा कपडा परिवर्तन गर्न आवश्यक रहेको अनुभव सुनाउनुभयो ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना छ । जाडो मौसमका लागि अधिकांश विद्यालयले आइतबारदेखि तीन सातासम्मका लागि विद्यालयमा बिदासमेत दिँदैछन् । 

जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरु खेलेर आलो वा हिटरमा पर्न सक्ने भन्दै उहाँले घर बाहिर हिँडाउँदा बालबालिकाहरुलाई शरीर पूरै छोप्ने र पानीमा नभिजाउन अत्यावश्यक भएको बताउनुभयो । “चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककोमा लैजानुपर्छ । चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्ने हुन्छ । आन्द्रामा असर गर्न सक्ने हुन सक्छ”, डा कोइरालाले भन्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गर्नुभयो । उहाँले अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्न सक्ने र उनीहरुको छालामा बोसो कम हुने हुँदा चिसोले चाँडै भेट्टाउने र दम बिग्रिएमा निमोनिया हुने जनाउनुभयो ।

वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले पनि आग्रह गरेको छ । महाशाखका अनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस छ भने डडेल्धुरको न्यूनतम माइनस १ दशमलव ५ र अधिकतम ३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र