२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दम्पतीको यस्ता आनीबानीले गर्दा कलह उत्पन्न हुन्छ, के – के हुन् ति आनीबानी ? जान्नुहोस

२०७६, २२ फाल्गुन बिहीबार ०६:५३

श्रीमान र श्रीमतीको पनि हरेक कुरा आपसमा मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउन उनीहरुले धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । सवैको स्वभाव एवं प्रवृत्ति एकनास हुँदैन । एकअर्काको आनीबानी, प्रवृत्ति स्विकार्नुपर्ने हुन्छ । तर, कतिपय स्वभाव वा प्रवृत्तिलाई उनीहरुले सहजै पचाउन सक्दैनन् ।

कलह पैदा गर्नका लागि श्रीमान र श्रीमतीबीच त्यस्तै आनीबानी पनि निहुँ बन्छ । ति कुराहरु के के हुन् जान्नुहोस ।

अरुसँग तुलना गर्नु- मानिसको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । तर, दम्पतीले एकअर्कासँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् । यसले उनीहरुको आत्मासम्मानमा ठेस पुग्छ । पार्टनरको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ ।

आदेश दिने- पार्टनरमाथि आदेश लाद्ने वा कुनैपनि अह्राइ-खटाइ गर्ने प्रवृत्ति राम्रो होइन । किनभने पार्टनरको मुड सधै एकनास हुँदैन । कहिले काहीँ दिक्क लागिरहेको हुनसक्छ । झर्को लागिरहेको हुनसक्छ । कुनै शारीरिक वा मानसिक समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा पार्टनरले आदेश लाद्नु उपयुक्त हुँदैन ।

आफ्नै मर्जी अनुसार सबै काम गर्ने- पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपयको बानी के हुन्छ भने, जुनसुकै काम आफ्नो निर्णयमा गर्ने । अरुको सल्लाह उचित ठान्दैनन् । यस्तो व्यवहारले पनि पार्टनरको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ ।

खुलेर कुरा नगर्ने- श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । यदि कसैले आफ्नो कुरा लुकाउँछ वा गोपनियता अपनाउने चेष्टा गर्छ भने त्यसले दम्पतीबीचको सम्बन्धमा चिसोपन ल्याउँछ । विश्वासको कमी ल्याउँछ । त्यसैले दम्पतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय