2026-09-18 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्वस्थ्य संगठनका महानिर्देशकले कोरोना संक्रमणबाट बच्न दिएका केही उपयोगी सुझाबहरु

 कोरोना भाइरस (COVID-19) को संक्रमण विश्वव्यापी रूपमा फैलिएका कारण दैनिक जीवन यापन असहज बन्दै गएको सन्दर्भमा विश्व स्वस्थ्य संगठनका महानिर्देशक Dr Tedros Adhanom Ghebreyesusले संक्रमणसँग लड्न र शरीरलाई मानसिक र भौतिकरुपमा स्फूर्त राख्न निम्न सल्लाह दिनुभएको छ । यी सल्लाहको अनुसरण गरी जीवनलाई तनावमुक्त बनाउदै कोरोनाको संक्रमणबाट बचौँ र बचाऔं। यो कठीन् समयमा आफ्नो भौतिक र मानसिक स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । यसले शरीरलाई दीर्घकालीन फाइदा पुर्याउदछ ।

यसका लागिः

– स्वस्थ र पोषणयुक्त खाना खानुहोस् । यसले रोगसँग लड्ने क्षमतालाई मझबुत राख्न मद्यत गर्दछ ।

– चिनीको मात्रा धेरैहुने जूस तथा पेयपदार्थहरु सकेसम्म नखानुहोस् ।

– धुम्रपान नगर्नुहोस्। धुम्रपानले शरीरमा गम्भीर रोगहरु बढ्ने खतरा बढाउदछ । शरीरमा COVID -19 को संक्रमण भयो भने धुम्रपान झनै खतरा हुन्छ ।

– नियमित शारीरिक अभ्यास गर्नुहोस् । विश्व स्वास्थ्य संगठनले वयस्कहरुका लागि दैनिक ३० मिनेट र बच्चाहरुका लागि १ घण्टा शारीरिक अभ्यास हुनुपर्ने सिफारिश गरेको छ ।

– COVID-19 का कारण स्थानीय कानून र गाइडलाइनले बाहिर हिँडडुलमा रोकेकाे छैन भने घर बाहिर हिँडनुहोस्, दौडिनुहोस् ।

– घर बाहिर निस्कदा अन्य व्यक्तिसँग सुरक्षित दुरी कायम राखेर मात्र हिँड्नुहोस् ।

– घरबाहिर निस्कने अवस्था छैन भने अनलाइनमा शारीरिक अभ्यास सम्बन्धित भिडियोहरू खोज्नुहोस र अभ्यास गर्नुहोस्

– गीत संगीतमा नाच्नुहोस् ।

– योगा गर्नुहोस् ।

– आफ्नो आवासमा भर्याङ छ भने भर्याङमा पटक पटक तलमाथि गर्नुहोस् ।

– घरबाट काम गर्दैहुनुहुन्छ भने एउटै अासनमा लामो समय नबस्नुहोस् । हरेक आधा घण्टामा ३ मिनेट जतिको ब्रेक लिनुहोस् ।

– आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् । संकट र रोगको महामारीका बेला तनाव महसुस हुनु, अलमल वा भ्रममा परेको अनुभव हुनु र एक प्रकारको डरको अनुभूति हुनु स्वाभाविक हो । यस्तो अवस्थामा आफूले चिनेजानेका र विश्वास गर्नसक्ने मानिससँग कुराकानी गर्नुहोस् यसले तनाव कम गर्न मद्यत गर्दछ ।

– आफ्नो समुदायका अन्य सदस्यलाई सहयोग गर्नुहोस् । यसो गर्दा समुदायका अतिरिक्त स्वयंलाई पनि मद्यत गर्दछ ।

– छरछिमेक, आफन्त र साथिभाइको हालखवर सोध्नुहोस् ।

– गीत संगीत सुन्नुहोस्, किताब पढ्नुहोस्, खेल खेल्नुहोस् ।

– संक्रमण, महामारी र संकटका समाचारले चिन्तित बनाउँदछ भने धेरै समाचार हेर्ने सुन्ने नगर्नुहोस् । आफूलाई चाहिने सूचना विश्वसनीय माध्यमबाट दिनमा एक वा दुईपटक लिनुहोस् ।

– एक अर्कामा दयाभाव राख्नुहोस् । दयाभाव आफैमा एक राम्रो औषधी हो ।

– CoVID-19 ले हामी सबैलाई एक हुन सिकाएको छ । सबैजना एक भई यसको सामाना गरौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई