2026-09-18 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

डा. हुल्सा पौडेल | कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ?

 सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यासहरु गरेर स्वस्थ रहन सक्छौं । शारीरिक रुपमा सक्रिय रहने अभ्यास गर्ने धेरै तरिकाहरू छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समेत प्रति हप्ता १५०–३०० मिनेट मध्यम, गहन र मांसपेशीलाई सुदृढ पार्ने शारीरिक अभ्यास गर्न सिफारिश गरेको छ । हप्तामा कम्तीमा २ दिन यस्तो अभ्यासन गर्नु आवश्यक छ । सक्रिय रहनु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण छ । यहाँ शारीरिक रुपमा स्वस्थ रहन गरिने केही ब्यायामका विधिहरु दिइएका छन् ।

कोरोना भाइरसकोे महामारीका बीचमा खुसी र स्वस्थ रहन बलियो प्रशिक्षण वा प्रतिरोध तालिम कुनै पनि फिटनेस रुटिनको महत्वपूर्ण हिस्सा हो । बलियो प्रशिक्षण तौल बिना, मेसिन बिना, पनि गर्न सकिन्छ ।

आफ्नो शरिरको लागि जहिल्यै ध्यान िदनुहोस् । माथि उल्लेख गरेका कसरत र व्यायाम आधा घण्टा मात्र गरे पनि तपाँइको शरिर र मष्तिस्क स्वस्थ रहन्छन् ।

यहाँ तपाईंको मनमा उत्पन्न हुने जिज्ञासा र तिनका उत्तरहरु दिइएका छन् । तिनलाई मनन गर्नुहोस् ।

के मैले महामारी मा पनि व्यायाम गर्न सक्छु ?

हो सक्नुहुन्छ । मध्यम तथा तीव्रता व्यायाम गर्दा तनाव कम हुनुका सार्थ तपाईंको उर्जाको स्तर सुधार हुन्छ । यसले रोग प्रतिरोधात्मकता बढाउन मद्दत गर्दछ । तर, असुरक्षित उच्च, तीव्रता उच्च खालको व्यायाम प्रशिक्षकको निगरानीबिना गर्दा तपाईंको प्रतिरक्षा प्रणालीलाई दबाउन सक्छ । त्यसैले तपाईंको शरीरले धान्ने मात्र ब्यायाम गर्नुहोस् । ब्ययाम गर्दा तपाईंलाई सजिलो महसुस हुनुपर्छ ।

म क्वारेन्टाइन भित्र छु, तर संक्रमित छैन । के मैले शारीरिक गतिविधि सीमित गर्नु पर्दछ ?

यदि तपाईंसँग रोगको कुनै लक्षण छैन भने पनि यस्तो बेला शारीरिक गतिविधि नगरेर निस्क्रिय बस्नु हुँदैन । तपाईंलाई खोकी, ज्वरो आएको छ वा सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्यकर्मीसँग सहल्लाह भने लिइहाल्नु पर्छ ।

म संक्रमित भएर क्वारेन्टाइनमा बसिरहेको छु । के मैले शारीरिक गतिविधि सीमित गर्नु पर्दछ ?

यदि तपाईं संक्रमित तर एसिम्प्टोमेटिक हुनुहुन्छ भने तपाईंले संक्रमण देखिनुअघि गर्दै आएको शारीरिक ब्यायामलाई निरंतरता दिनु पर्दछ । यस समय तपाईं क्वारेन्टाइनमा बस्नु आवश्यक छ । अरूलाई भाइरस फैलाउनबाट रोक्न तपाईंले अरुसँग दुरी कायम गर्नु पर्दछ । यद्यपि तपाईलाई खोकी, ज्वरो वा सास फेर्न गाह्रो भए शारीरिक गतिविधिलाई बन्द गर्नुहोस् । स्वास्थ्यकर्मीसँग तुरुन्तै सल्लाह लिनुहोस् ।

यस्तो बेला हामी एकअर्कालाई सहयोग गर्न के गर्न सक्छौं ?

प्रत्येक व्यक्ति सक्रिय रहँदा सामाजिक रुपमा जिम्मेवार हुनुपर्छ । हरेकले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ ।

ती भूमिकाहरु हुन्ः

  • सामाजिक दूरी कायम गरेर शारीरिक अभ्यास गर्दै घरमा रहनुस् ।
  • उपयुक्त विधिबाट साबुन पानीले हात धुनुका साथै व्यक्तिगत स्वच्छतालाई पालन गर्नुहोस् ।
  • प्रत्येक पटक कुनै उपकरण प्रयोग गर्नुअघि र पछि कीटाणुनाशक (स्यानिटाइजर) प्रयोग गरेर निर्मलिकरण गर्नुहोस् ।

डा. हुल्सा पौडेल 

– लेखिका फिजियोथेरेपिस्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई