2026-09-18 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार सातमा अद्भुत खालको ग्रहण लाग्दै, यस्तो छ ज्योतिषीको भनाई

असार ६, काठमाडौं । यही वि.सं. २०७७ असार ७ गते आइतवार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । विहान १०:५० बजेदेखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको हुने संवद्ध स्रोतहरुले उल्लेख गरेका छन् । 

यसै सन्दर्भमा ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा यो ग्रहणको बारेमा एक भिडियो अपलोड गरेका छन् । सो युट्युबमार्फत बेलाबेलामा ज्योतिषीय इन्फर्मेशन दिने गरेका सुवेदीले यस पटक लाग्दै गरेको ग्रहण अन्य ग्रहण भन्दा फरक रहेको बताएका छन् । 

२०७६ पौष १० गते लागेको सूर्य ग्रहण विशेष असाधारण भएकै कारण विश्वले कोरोनाको महामारी खेप्न परेको उनको भनाई छ । पौषमा धेरै ग्रह ग्रस्त थिए भने यस पटक लाग्दै गरेको ग्रहणकालमा धेरै ग्रह बक्र छन् । यसै पनि कोरोनाको कारण विश्वभर आर्थिक मन्दि भइरहेको बेला बक्र ग्रहले त्यसलाई झन बढाउने खतरा हुने उनको भनाई छ । 

यो ग्रहण पछि कोरोनाको महामारी क्रमशः कम हुँदै जाने ज्यो. सुवेदीको भनाई रहेको छ । नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, कंगो, इथिओपिया, युरोप, हिन्दमहासागर, प्रशान्तमहासागर, अफ्रिका लगायतका विश्वका धेरै मुलुकबाट देखिने यो ग्रहण मृर्गशिरा एवं आद्र्रा नक्षत्र र मिथुन राशिमा लाग्ने भएकोले मिथुन राशिका व्यक्तिलाई बढी असर कारक हुने सुवेदीको भनाइ छ । 

मेष राशिको लागि व्यक्तिगत रुपमा फाइदाजनक हुने, श्रीवृद्धि हुने, वृष राशिको लागि क्षतिकर हुने, लेनदेन आदि कारोबारमा सावधानी अप्नाउनु पर्ने । मिथुन राशिको लागि अल्लि बढी कष्टकर अथवा घातप्रद हुने, कर्कट राशिको लागि ग्रहणको फल व्ययकर अर्थात खर्चप्रद रहने, सिंह राशिको लागि भने यो ग्रहणको फल लाभकर हुने उनको भनाई छ । यसै गरी कन्या राशिको लागि सुखप्रद, मानप्रतिष्ठा, कामकार्यमा उन्नतिप्रगति हुने, तुला राशिको लागि मान नाश हुने, जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुने भनिएको छ । वृश्चिक राशिको लागि स्वास्थ्यमा कष्ट पर्नसक्ने, आहारविहार आदिमा ध्यान पुर्याउनु पर्ने बताइएको छ ।  धनु राशिको लागि श्रीमानश्रीमती तथा प्रेमि प्रेमिकाबीच द्वन्द पर्नसक्ने, व्यापार कारोबार र यात्रामा पनि ख्याल पुर्याउनु पर्नेछ । यसै गरी मकर राशिको लागि सुख एवं आरोग्यवर्धक रहने, कुम्भ राशिको लागि चिन्ता बढाउने संभावना, विद्यार्थीहरुले अध्ययनमा बढी प्रयत्न गर्नुपर्ने, मीन राशिको लागि यो ग्रहणको फल रोगव्याधिप्रद रहने र खानपान आदिमा ध्यान दिनुपर्ने सुवेदीको ज्योतिषीय विश्लेषण छ । 

ग्रहणको बारेमा थप जानकारी सुवेदीले बताएको यो भिडियोबाट लिनसक्नु हुनेछ–

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई