2026-11-03 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनभर स्वस्थ्य रहनका लागि यी ५ उपाय जानीराखौ

स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । 

कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र कोरोनासँग लड्नुपर्ने स्वास्थ्य चिकित्सकहरुले सल्लाह दिएका छन् । तर, शरीरिक र मानसिक रुपमा नै स्वस्थ हुन कस्तो खाना खाने त ? 

पर्याप्त पानी – पानी शरीरको लागि अत्यावश्यक पदार्थ हो । पानीले शरीरका सम्पूर्ण अंगहरुलाई सफा राख्न (डिटोक्सिफिकेशन) गर्न मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउँदा छालामा चमक बढ्ने, शरीरमा मेटाबोलिज्म तीव्र हुने, शरीरमा शक्ति कायम रहन मद्दत गर्छ । त्यसैले हरेक दिन ३ लिटर पानी पिउन आवश्यक छ । 

रंगीन फलफूल र सागसब्जी – फलफूल र सागसब्जीमा हुने अलग–अलग रङले अलग–अलग पोषक तत्व पाइने कुरा दर्शाउँछ । जुन फलफूलको रङ गाढा हुन्छ त्यसमा एन्टिअक्सिडेन्ट्स र पोषक तत्वको मात्रा पनि बढी हुन्छ । त्यसले हरेक दिन खानामा ३ प्रकारका फलफूल र सागसब्जी सामेल गर्नुपर्छ । यसले तपाईंको शरीरमा लाग्न सक्ने सयौँ रोगहरुबाट बचाउँछ । 

गहुँ, उमारेको गेडागुडी, बियाँ भएको खानेकुरा – खाना बनाउनको लागि जति धेरै मेशिन, ताप र पानीको प्रयोग हुन्छ त्यति नै खानामा भएको पोषक तत्व नष्ट हुन्छ । त्यसैले बजारमा पाइने सबै खानेकुरामा पोषक तत्व नष्ट भइसकेको हुनसक्छ । त्यसैले, स्वस्थ रहनको लागि घरमै भिजाएर उमारेको गेडागुडी, गहुँको परिकार, चोकर, बिज भएको खानेकुरा धेरै खानुपर्छ । किनकी यसमा फाइबरको मात्रा धेरै हुने भएकाले पेटलाई सधैँ स्वस्थ रहन, कोलेस्ट्रोल कम गराउन र शरीरमा अनावश्यक बोसो उत्पादन हुनबाट बचाउँछ । 

व्यायाम – शरीरमा तन्दुरुस्त राख्नको लागि नियमित व्यायामको आवश्यकता पर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने र हरेक दिन शरीरलाई आवश्यक पर्ने कसरत गर्नुपर्छ । दैनिक परिश्रम गर्नुपर्ने कामकाज गर्ने व्यक्तिहरु बाहेक अरुका लागि हरेक दिन ३० देखि ४० मिनेट व्यायामको आवश्यकता पर्छ । 

चिनी कम खाने – चिनीमा मात्रै चिनी बढी हुन्छ भन्ने होइन । जुनसुकै गुलियो पदार्थमा पनि चिनीमो मात्रा हुने गर्छ । जुनसुकै बनाइएको खानामा चिनीको मात्रा अत्यधिक हुन्छ । प्याकिङमा हुने खानेकुराहरु चिनिको मात्रा बढी हुने भएकाले यसको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते