-डा राजेन्द्र भद्रा

म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -डा राजेन्द्र भद्रा

म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा"/>

2026-09-18 05:11 PM
काठमाडौँ - KTM

म विवाहित युवती हुँ । मेरो यौन जीवन सन्तोषजनक किन छैन ?

-डा राजेन्द्र भद्रा

म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा भाग्छु, जसका कारण मेरो श्रीमान् रिसाउनुहुन्छ । ममा यौनसम्बन्धी कुनै रोग पनि छैन । किन यौनसम्पर्क पीडादायी भएको होला ? -२३८६८ 


सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायी हुनपुग्छ । पीडादायक तथा अप्ठयारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ ।

पुरुषमा पनि यस्तो विभिन्न कारणले हुन्छ, जसमध्ये आधाजसो शारीरिक कारणले भएको मानिन्छ भने आधाजसो मानसिक । लिङ्ग, अग्रचर्म, अण्डकोष, मूत्रनली वा पौरुष ग्रन्थिको शोथ वा संक्रमण पुरुषको यौनसम्पर्क पीडायुक्त हुने शारीरिक कारण हुन् । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । 

यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् ।

अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ । त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडायुक्त हुन सक्छ । योनिद्वार वा Bartholin's Gland को संक्रमण पनि पीडाको कारण हुन सक्छ । 

मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारण शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबीमा पनि पीडा हुनसक्छ । तपार्इंले आफूमा कुनै यौन रोग नभएको बताउनुभएको छ तर एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला । 

अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ । 

धेरैजसो अवस्थामा भय अर्थात् डर नै यसको कारण हुन्छ । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ, तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायक भएको स्थितिमा त्यसको असर लामो समयसम्म रहन सक्छ । 

तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो, तपाईंले केही लेख्नुभएको छैन । त्यसैले तपाईंमा कुनै डर वा भय छ भने पत्ता लगाई त्यसलाई हटाउनु आवश्यक छ ।

योनिको सुख्खापन 

तपार्इंले योनिको सुख्खापन वा पर्याप्त रस नआउने विषयमा केही लेख्नुभएको छैन । थाहा भएकै कुरा हो, मानव जातिमा यौनसम्पर्कलाई सहज बनाउन योनिबाट प्रशस्त रस आउँछ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । 

यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाव बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन्, तर यसको भित्ता नै रसाएर आउँछ । 

सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिर पनि आउँछ । योनिरस कति मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ । 

योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक बन्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु त्यति ठूलो समस्या नहुन सक्छ, तर निरन्तर रूपमा त्यस्तो भए यो चासो विषय बन्न पुग्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । 

योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो भएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेल युक्त चिल्लो पदार्थ उपयोगी हुन्छ, तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ (K-Y jelly) प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्ने गरेका हुन्छन् ।

श्रीमान् रिसाउने कुरा

अपेक्षा गरेअनुसरूप यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा रिस उठ्नु स्वभाविक हो, तर तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के हो भने रिसाएर योसमस्या समाधान हुँदैन । तपाईंहरूबीच यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवैले समाधानका लागि प्रयासरत हुनुपर्छ ।

कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौन सुख प्राप्तिका लागि योनि–लिङ्ग यौन सम्पर्कलाई सहज बनाउनेदेखि मुख मैथुन वा अन्य यौन क्रियाकलापका बारेमा छलफल गरी सहमतिमा कार्यान्वयन गर्न सकिन्छ । स्रोत: साप्ताहिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया