2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

September 16, 2020

आज वि.सं.२०७७ साल भदौ ३१ गते, बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय आज बिहान ०५ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेटमा हुनेछ । 

आजको राशिफल हेर्नुहोस्

मेष राशि (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

तपाइको आज व्यवसायमा फाइदा हुनेछ । मायाप्रेममा धोका हुन सक्छ । सन्तानबाट सुख प्राप्ति नहोला । मन खासै प्रसन्न नहोला । खानपानमा ध्यान दिन्नुहोस अन्यथा स्वास्थ्य सम्वन्धी समस्या आउने देखिन्छ ।  

बृष राशि (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

तपाइले आज ध्यान पुर्याएर काम गर्नुहोस । सामाजिक काममा प्रतिष्पर्धीसँग टक्कर हुने योग छ । गरेको काममा भनेजति उपलब्धि हासिल नहुँदा मन खिन्न होला । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउन सक्छ । 

मिथुन राशि (का,की,कू,घ,ङ,छ,के,को,हा):

तपाइको आज सकारात्मक उपलव्धी हात लाग्ने योग छ । माया प्रेममा नजिकिने योग छ । पती-पत्नी विचको सम्वन्धमा थप उचाई बढ्नेछ । व्यवसाय तथा उद्योगधन्दामा मनग्गे धन आर्जन गर्न सकिनेछ । केहि सामाजिक सम्मानको उपलब्धिले मन प्रसन्न हुनेछ । 

कर्कट राशि (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

तपाइको आज ज्ञान आर्जनमा खासै ध्यान नजाने देखिन्छ । नातेदारसँग बिबाद बढ्न सक्ने हुँदा सावधान हुनुहोला । बोलिको प्रभाव तपाइँ अनुकुल नहुन सक्ने हुँदा बोल्दा वा निर्णय लिँदा बिशेष ध्यान पुर्याउनुपर्नेछ । स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा सावधानी अपनाउनु होला । 

सिंह राशि (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

तपाइको आजको दिन राम्रो रहेको छ । सामाजिक प्रतिष्ठा बढ्ने योग छ । थोरै प्रयासमा अपनी धेरै उपलब्धि हात लाग्ने योग छ । आफुले चिताएको काम बन्दा मन प्रसन्न हुनेछ । शिक्षामा पनि आजको दिन राम्रो नै छ ।

कन्या राशि (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

तपाइँको आजको दिन त्यति राम्रो छैन । आफूले नजिक मानेको साथिसम्बन्धले सहयोग दिंदैनन् जसको कारण थालेका कामहरु छोड्नु पर्ने हुनसक्छ । व्यावसायमा समय दिन नसक्दा सोचेजस्तो उपलब्धि हाँशिल हुनेछैन । आम्दानीको बाटोहरु नहुँदा समस्या बढ्नेछ । यात्राको सम्भावना छ । साथि सम्बन्धमा आजको दिन राम्रो छैन । 

तुला राशि (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

तपाइको आज आर्थिक स्रोत तथा आम्दानी बढ्नेछ । व्यावसायबाट सोचेको सफलता मिल्नेछ । लगानीको लागि राम्रो दिन छ । माया-प्रेम तथा आत्मीय सम्बन्धमा थप प्रगाढता बढ्नेछ । शिक्षामामा पनि आजको दिन राम्रो छ ।

बृश्चिक राशि (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

बृश्चिक राशि हुनेहरुलाई आजको दिन प्रशन्नताको दिन रहेको छ । राजनीति तथा सामाजिक सेवामा गरिएको लगानीले राम्रै प्रतिफल दिनेछ । मान-सम्मान बढ्नेछ । व्यवसायमा जाको दिन राम्रो छ । शिक्षामा खासै उपलब्धि नभए पनि मानसम्म्मान पाइने दिन छ । 

धनु राशि (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

यो राशि हुने तपाइको आज व्यवसायमा खासै राम्रो दिन छैन । व्यक्तिगत सम्मान-प्रतिष्ठामा प्रश्न उठाउने धेरै हुनेछन् । आँटेका कामहरु पुरा नहुँदा मन खिन्न होला । साथी वा नजिकका मानिसबाट धोका होला । 

मकर राशि (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

आज तपाइँको दिन खासै राम्रो छैन । काम गर्दा विचार पुर्याएर गर्नुहोला । व्यवसायमा आजको दिन सन्तुष्टिको दिन हुनेछैन । प्रेम सम्बन्धमा पनि आजको दिन उचित छैन । शिक्षामा पनि राम्रो देखिदैन । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

कुम्भ राशि हुनेहरुमा आजको दिन राम्रो रहेकोछ । प्रियजनसँग यात्रा गर्ने अवसर प्राप्त होला । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग छ । शिक्षामा पनि राम्रो दिन छ । आम्दानी बढ्ने हुनाले रमाइलो गरि दिन बित्नेछ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

आज तपाईलाई नराम्रो मान्नेहरु आफै हराएर जानेछन् । पारिवारिक मेलमिलापको योग रहेको छ । सत्रुहरु परास्त हुनेछन् । आँटेका काममा सफलताको योग छ । व्यवसायमा पनि आजको दिन राम्रो छ । मन प्रशन्न रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक