निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जी"/>
2026-09-18 05:21 PM
काठमाडौँ - KTM

सन्तुष्टिपूर्ण यौनजीवनका लागि यसो गर्नुहोस् !

निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जीवन उत्साहजनक हुन सक्दैन । पर्याप्त निदाउन नसक्ने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन । साथै, यस्तो मानिस सेक्सप्रति त्यति उत्साहित हुँदैन पनि ।

खानपानः भव्य सेक्स जीवनका लागि पौष्टिक खानपिन आवश्यक पर्छ । अण्डा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले सेक्स पावर बढ्ने विश्वास गरिन्छ ।

आराम: शरीर र मनलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ । चिन्तित मानिसको शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौन जीवनलाई भव्य बनाउन सकिन्छ ।

व्यायाम: शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ । सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ ।

मुड: बिग्रिएको मुड लिएर तपाईं सेक्समा सक्रिय हुन सक्नुहुन्न । त्यही भएर कुनै कारणले मुड खराब छ भने सेक्सका लागि तयारी गर्ने योजनामुताबिक रात पर्दै गएपछि मुड सुधार्दै लैजानुस् । यसरी मुड सुधारेर सेक्समा सरिक हुनुभयो भने यसले तपाईंको मुडलाई अझ राम्रो बनाउन मद्दत पु¥याउँछ ।

गीत: सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हुन्छ । रोमान्टिक गीत चयन गर्नुस् ।

कपडा: राती सुत्दा तपाईंले लगाउने कपडाले पनि तपाईंको सेक्स मुड बनाउन भूमिका खेल्ने गर्छ । राती सुत्ने बेलामा लगाउनका लागि बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरन लगाएर ओछ्यानमा जानुभयो भने यसले तपाईंको पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया