सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रत"/>
2026-09-18 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दर देखिन चाहनुहुन्छ ? त्येसो भए यस्ता खानेकुरा खानुस्

सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन अनेकथरी क्रिम पाउडर घसिन्छ । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ । खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला सुन्दर बनाउन यस्ता खानेकुरा खानुस  

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ – बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

ओखर र सोयाबिन – ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।

अमला, कागती र भेडेखुर्सानी – भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ ।

सी फूड, गेडागुडी  र प्याज – जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ साथै यसले छालालाई सुन्दर पनि बनाउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया