Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बफ तथा चिकेन छोयला कसरी बनाउने ?

By साझासवाल 3 मिनेट पढाइ

असोज २७, काठमाडौँ | मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ ।

बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री

बफ तथा चिकेनको मासु

तेल

खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ

बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी

लसुन अदुवाको पेस्ट

मासुलाई बेँसार मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने ।

प्यानमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने र त्यसलाई काटेर राखेको मासुसँग मोल्ने । स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने । अन्त्यमा हरियो धनियाँ राखेपछि छोयला खानका लागि तयार हुन्छ ।

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।