टिप्स | मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री

चिकेन आवश्यकताअनुसार

तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी

लसुन, अदुवाको पेस्ट

कागती

अण्डा

बनाउने तरिका

मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने ।

पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने । केही समयपछि खैरो हँुदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ ।

Related News