2026-06-18 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मटन ग्रेभी बनाउने सहज तरीका

टिप्स | दसैंमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दसैंमा मासुको खपथ अत्यधिक हुने गर्छ । हरेक भान्सामा मासुका परिकारहरु पाकेकै हन्छ । हरेक घरमा आ–आफ्नै स्वादअनुसार मासुको परिकार पाक्ने गर्छ । दसैंमा धेरै खाइने मासुको परिकार र पकाउने विधि यस प्रकार छन् ।

आवश्यक सामग्री

खसीको मासु

तेल

पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ

बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी

लसुन अदुवाको पेस्ट


बनाउने तरिका

मासु बनाउनुअघि राम्रोसँग पखालेर पानी ओभाउन दिने । पकाउने भाडामा तेल तातिसकेपछि पाँच फुरन हाल्ने र प्याज हालेर भुट्ने । सुख्खा मासु बनाउने हो भने प्याजलाई खैरौ हुने गरी चलाउने तर ग्रेभी बनाउँदा प्याज हल्का खैरो हँुदा नै मासु हालेर चलाउँने । केही समयपछि मासुमा बेसार, नुन, गरम मसलासँगै लसुन अदुवाको पेष्ट हालेर पालैपालो चलाउने र छोपिदिने । केही समयपछि फेरी मासुमा मिट मसला र धुलो खुर्सानी हालेर चलाउने र टमाटर पनि राख्ने । त्यसपछि केही मात्रामा पानी राखेर छोपिदिने । मासु पकाउँदा मनतातो पानीको प्रयोगले स्वाद राम्रो हुन्छ । अन्त्यमा काटेको हरियो धनियाँ राख्दा यसले स्वाद बढाउँछ र खानको लागि ग्रेभी तयार हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो