२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी सार्ने औषधी कतै तपाईं पनि प्रयोग गर्नुहुन्छ ? उसो भए विज्ञले सुझाएका कुरा बुझ्नुहोस्

२०७८, ४ माघ मंगलवार ०६:१३

माघ ४, काठमाडौँ | हिन्दु नारीहरुमा रजस्वलालाई धार्मिक दृष्टिकोणबाट अपशकुन मानिन्छ । त्यसैले विशेष पूजा पाठ होस् वा कुनै कार्यक्रम वा यात्रामा जानुपर्ने भयो भने औषधी खाएर आफ्नो महिनावारीको समय  पर सार्न धेरैलाई सही र सजिलो लाग्छ । महिनावारीको समय पछि सार्ने औषधी सहज रुपमा पाइन्छ । यो सेवन गर्न कुनै प्रिस्केप्सनको आवश्यकता पर्दैन । आफूले कतिवटा खाने, आफैंले निर्णय गरेर दिनको हिसाबले यस्ता औषधि किन्ने गरिन्छ । तर यसको सेवनले के के नोक्सानी हुन्छ यस बारेमा भारतकी स्त्रीरोग विशेषज्ञ सृष्टि अग्रवालले बताएकी छिन् ।

औषधीले कसरी रोक्छ महिनावारी ?

स्त्रीरोग विशेषज्ञ डा. सृष्टि अग्रवालका  अनुसार कुनै राम्रो डाक्टरले यस किसिमको औषधी खाने सल्लाह दिँदैनन् । तर आफ्नो योजनामा कुनै किसिमको अवरोध नआओस् भनेर महिलाले यस्तो उपाय अवलम्वन गर्छन् । उनी भन्छिन्, ‘शरीरको आफ्नो एउटा प्रणाली र समय तालिका हुन्छ । यसलाई तोडमोड गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।’ महिलाको महिनावारी शरीरमा रहेका एस्ट्रोजन र प्रोजेस्टेरोनमा निर्भर रहन्छ । जब महिनावारी रोक्नका लागि औषधीको सेवन गरिन्छ, शरीरमा प्रोजेस्टेरोन हर्मोनको स्तर बढ्न जान्छ । हर्मोन प्रभावित हुनाले महिनावारी बन्द हुन्छ ।

महिनावारी रोक्ने औषधी किन हानिकारक ?

यदि केही कारणले तपाईंलाई यी औषधी खाने बानी लागिहाल्यो भने भविष्यमा शरीर कयौ किसिमका रोगको शिकार हुन सक्छ । थकान, सुस्तता, चिडचिढापनका साथै  कलेजोमा समेत समस्या देखा पर्न सक्छ ।

औषधी खाएपछि महिनावारी हुँदा पनि धेरै रगत बग्ने, अनियमित महिनावारी, हात–खुट्टा सुन्निने, वाकवाकी, महिनावारी बिना रगत आउने जस्ता समस्या देखा पर्न सक्छन् ।

के डाक्टरले दिन्छन् औषधी लिने सुझाव ?

डा. अग्रवाल भन्छिन्, ‘यस किसिमको औषधी लिने सुझाव डाक्टरले दुई अवस्थामा मात्रै दिन सक्छन् । पहिलो, त्यतिबेला जब बिरामीले आएर आफ्नो कुनै समस्या बताउँछन् जसमा कुनै आवश्यक कारण भएपछि मात्रै । यस्तो अवस्थामा उनीहरुको शारीरिक स्वास्थ्य परीक्षण गरेपछि उनलाई औषधी लिन सल्लाह दिइन्छ । दोस्रो कारण, जब कुनै उपचार र शल्यक्रियाका लागि महिनावारी रोक्न आवश्यक छ । यी दुई स्थितिमा मात्रै डाक्टरले यी औषधी सेवन गर्न सल्लाह दिन्छन् ।

यसलाई गर्भ निरोधक चक्कीको रुपमा नलिनुहोस्ः

डाक्टरका अनुसार आफूहरुले केही मामिलामा महिनावारी पर सार्ने औषधीलाई नबुझेरै गर्भनिरोधक चक्कीको रुपमा मानेर प्रयोग गर्ने गरेका छन् ।

गर्भनिरोधक चक्कीले गर्भ नियन्त्रण गर्छ । यसको प्रयोग महिनावारीलाई अघि वा पछि सार्नका लागि गर्नु हुन्नँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो