Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हड्डी बलियो बनाउने यी हुन् ५ घरेलु उपाय

By kit 4 मिनेट पढाइ

माघ ५, काठमाडौँ | कुनै पनि जीव उभिन, हिँड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ। मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ। त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ। हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन्। हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ।

घाम ताप्ने : हड्डी बलियो पार्न सूर्यको किरणको महत्त्वपूर्ण भूमिका रहन्छ। सूर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ। भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ। त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ। यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ।

क्याल्सियमयुक्त खाना : हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दूध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ। यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ। साथै हड्डी बलियो बनाउँछ।

डोरी खेल्ने : नियमित बिहान बेलुका १०-१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ। यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ।

जैतुन, धनियाँको प्रयोग : खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ। साथै धनियाँमा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ।

लसुन र प्याजको सेवन : लसुनलाई दूधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ। साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ। जुन हड्डी बलियो हुनका लागि आवश्यक पर्दछ। त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ।

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।