नेपाली युवा र विद्यार्थीलाई दश सुझाव

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माघ ७, काठमाडौँ | मानिस जहिले पनि सफलताको खोजीमा हुन्छ। सफल हुने धेरै उपायहरू हुन्छन्। तर, अहिले धेरैजसो शिक्षित युवाहरू बेरोजगार रहेको पाइन्छ। पढियो अब जागिर गर्ने हो। जागिर खोजियो तर, सोचे जस्तो भेटिएन। अब के गर्ने ? युवाहरूको दैनिकी करिब यस्तै गरी गुज्रिरहेको हुन्छन्।

अहिलेको युग ‘सूचना तथा प्रविधि’ हो। संसार साँघुरिँदै गएको छ। हामी एक विश्वव्यापी गाउँमा बसोबास गर्दछौं, जहाँ एक देशबाट अर्को देशमा फरक उद्देश्यहरू प्राप्त गर्न, रोजगारी तथा व्यापार गर्न, घुम्न तथा पढ्न आउने जाने गरिन्छ। सूचना तथा प्रविधिको क्षेत्रमा आफ्नो संलग्नता बढाउनु पर्छ। ‘सूचना तथा प्रविधि’मा पहुँच राख्न सक्नुभयो भने तपाईंले पेशागत क्षेत्रहरूबारे जानकारी राख्न र नयाँ अवसरहरूको खोजी गर्न सहयोगी बन् सक्छ।

भनिन्छ नि ‘जति धेरै स्याहार र मलजल गर्‍यौ त्यति धेरै राम्रो बोट भएर एक दिन अवश्य निस्किन्छ।’ हामीले पनि आफूलाई भविष्यमा गर्ने पेशालाई आवश्यक क्षमता र कौशलता अभिवृद्धि गरेर लैजानु पर्छ। सबै सफल मानिसहरू एकै पटक सफलता चुम्न सफल बनेका होइनन्। तर नियमित आफ्नो काममा ध्यान दिन सकेमा सफलता हात पार्न कुनै गाह्रो छैन। जीवन सार्थक र सफलता प्राप्त गर्न युवालाई ‘उमेश सापकोटा‘का १० सुझावहरु:

१. कक्षा ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस्। कम्प्युटरमा पनि कमसेकम ‘वर्ड, एक्सल, पावर प्वाइन्ट’ सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरूभन्दा एक तह अगाडि हुनुहुन्छ।

२. बिहानको कलेज छ भने स्नातक पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा ‘इन्टर्नसिप’ गर्नुहोस्। विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरूको खोजी गर्नुहोस्। स्मार्टफोन र इन्टरनेटको सुविधा छ भने तपाईं विश्वभरिको अवसर खोजी गर्न सक्नुहुन्छ।

३. तपाईंले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसर के आउँछ त्यो तपाईंमा भर पर्छ। त्यसैले ट्रोलका पेजभन्दा संघसंस्था, कम्पनी र जानकारीमूलक पेजहरू लाइक गर्ने बानी गर्नुहोस् जसले गर्दा तपाईंले सामाजिक सञ्जाल चलाउँदा पनि अवसरहरूबारे जानकारी पाउन सक्नुहुन्छ। फेसबुकदेखि टिकटकसम्म सबैमा यस्ता अवसरबारे जानकारी दिने अकाउन्टहरू छन्, विवेकशील भएर खोजी गर्नुहोस्।

४. फुर्सदमा हुँदा ‘अनलाइन कोर्ष’हरू गर्नुहोस्। अहिले धेरै साइटहरूले निःशुल्क अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन्।

५. राम्रो डिभिजन ल्याउन सकिँदैन भनेर धेरैले पूर्ण रूपमा अध्ययनलाई ध्यान दिने गरेका छन्। तपाईंले विशिष्ट श्रेणीमै मास्टर्स डिग्री पास गर्नुभयो तर कामको अनुभव छैन भने रोजगारीको बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ। मास्टर्स गरेपछि इन्टर्नसिप गर्न न समयले दिन्छ न त जिम्मेवारीले नै। त्यसैले ब्याचलर्सदेखि नै इन्टर्नसिप गर्नुभयो भने बिस्तारै अनुभव बढ्दै जान्छ र मास्टर्स सक्दासम्म तपाईंमा अनुभव र योग्यता दुवै हुन्छ। जसले गर्दा प्रतिस्पर्धामा अब्बल हुने धेरै सम्भावना रहन्छ।

६. तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने पनि केही वर्ष सम्बन्धित क्षेत्रको कम्पनीमा काम गर्दा सिकाइ राम्रो हुन्छ। त्यस्तो अनुभवले तपाईंलाई सफल र असल उद्यमी बन्न सहयोग पुग्दछ।

७. तपाईं अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनुहुन्छ भने पनि धेरै विश्वविद्यालय र कूटनीतिक नियोगले छात्रवृत्ति दिइरहेका हुन्छन्। राम्रो नम्बर ल्याएको र सम्बन्धित क्षेत्रको अनुभव बटुलेको विद्यार्थीले सजिलै त्यस्तो छात्रवृत्ति पाउँछन्। निःशुल्क अन्तर्राष्ट्रिय अध्ययन गर्न पाइने त्यस्ता अवसरहरूको खोजी गरेर पहिलेदेखि नै आफूलाई तयार राख्दा तपाईंको सपना साकार हुने उच्च सम्भावना रहन्छ।

८. प्रेम सम्बन्धमा हुनुहुन्छ भने पनि आफ्नो करियरलाई सँगसँगै लानुहोस्। अध्ययनमा ध्यान दिनुहोस्। प्रेम र विवाहलाई मात्र केन्द्रमा राखेर नहेर्नुहोस्। आत्मनिर्भर भएपछि मात्र विवाहको बारेमा सोच्नुहोस्। जिन्दगी चलचित्र जस्तो हुँदैन। जहाँ चलचित्र सकिन्छ जिन्दगीको असली युद्ध त्यहीँबाट सुरु हुन्छ। सुखी र खुसी जीवनका लागि आर्थिक पाटो पनि बलियो हुनुपर्छ, मायाले मात्र जिन्दगी चल्दैन। दुवै पक्षलाई सन्तुलित बनाउनुहोस्।

९. कमाउँदै गर्दा रमाउन नबिर्सनुहोस्। आत्मनिर्भर भएर आफ्नै कमाइले सन्सारलाई नियाल्नुको मज्जा बेग्लै हुन्छ। विशेषगरी छोरीहरू आत्मनिर्भर भएर केही समय आफ्ना रहरहरू पुरा गर्न र संसार घुम्नका लागि छुट्यानुहोस्। विवाहपछि यस्ता अवसर कम पाइन सकिन्छ। सन्सार फराकिलो छ र जिन्दगी अनिश्चित छ।

१०. कसैको सुझावमा चल्नेभन्दा पनि आफ्नो मनलाई सुन्नुहोस्। सपना देख्नुहोस् र त्यहाँसम्म पुग्ने बाटोको नक्सा कोर्नुहोस्। कहाँ जाने भन्ने कुरा यकिन नभएसम्म कहाँ आइपुगेँ भन्ने कुरा पनि थाहा हुँदैन। दयालु र असल बन्नुहोस्।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply