डा. सुबोधकुमार पोखरेल ।

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. सुबोधकुमार पोखरेल ।

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक"/>

2026-09-18 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रौढ अवस्थाका यौन जटिलताहरु यस्ता छन् ! जानी राखौ

डा. सुबोधकुमार पोखरेल ।

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ । पुरुषभन्दा महिनावारी बन्द हुने बेलाका महिलाहरूको यो उमेर बढी संवेदनशील हुन्छ  ।

इस्ट्रोजन हर्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तनहरू आउँछन् । मानसिक परिवर्तनमा डिप्रेसनका लक्षण देखिन सक्छ भने शारीरिक परिवर्तनमा महिनावारी छिटो–ढिलो हुने, कमबेसी हुनेजस्ता गडबडीहरू हुन्छन् । यसबाहेक यौन चाहना भएका बेला योनिमा निस्कने चिप्लो खालको योनिस्राब कम हुँदै गएर ठ्याप्पै बन्द हुन सक्छ जसले गर्दा सम्भोगका बेला हुने लिंग र योनिबीचको सहज घर्षण सम्भव हुन छाड्दछ र यौनसम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन, पीडा पनि हुन सक्छ । 

यस्तो अप्ठ्यारो वा पीडाले योनिलाई सम्भोगका बेला सजिलो गर्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँघुरो बनाउन सक्छ । साँघुरो र ओभानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा वा अप्ठ्याराका डरले यौन चाहना नै घटेर जान्छ । अर्कातिर मानसिक डिप्रेसन समेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पुरुष साथी वा पतिले माया चाहिँ गरोस्, तर सम्भोग नगरोस् भन्ने मानसिकताको विकास हुन्छ ।

पति वा पुरुष यौनसाथीको भूमिका यस अवस्थाको व्यवस्थापनमा अत्यन्त महŒवपूर्ण हुन्छ । कतिपय पुरुष योनिबाट चिप्लो स्राब ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्छन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक्य्राइँ गरेको वा अन्य कसैबाट यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतनाक भ्रमसम्म पाल्न पुग्छन् । जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको बीजारोपण हुन सक्छ । 

अर्कातिर यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेलेखेका समझदार पुरुषहरूले स्त्रीलाई पनि यसको कारण बुझाएर आफू यसबाट विचलित नभएको बरु यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखजस्तै अहिले पनि सँगै गर्न तयार रहेको आश्वासनका साथ अरू बेलाभन्दा झन् सहज रूपमा धैर्यसहित प्रस्तुत हुन्छन् ।

योनि ओभानो भएको अवस्थाका लागि शरीरलाई हानि नगर्ने विशेष किसिमका जेलीहरू बजारमा बिक्री भइरहेका पाइन्छन् । तिनीहरूको विश्वसनीयताको मापन उपभोक्ता स्वयंले प्रयोग गर्दा आफूले गरेको अनुभव र गुणस्तरीय ब्रान्डको हो कि होइन भन्नेबाट गर्नुपर्ने हुन्छ । मानिसको थुक प्राकृतिक र सबैभन्दा भरपर्दो ‘लुब्रिकेन्ट’ अर्थात् चिप्लो पदार्थ हो ।

योनिद्वारमाथि रहेको केराउको दानाजस्तो भगनासा भन्ने अंगमा यस्तो चिप्लो जेली वा थुक लगाएर हलुका मर्दन गर्ने, लामो प्राक्क्रीडा गर्ने र योनिभित्र पनि जेली वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भए पनि केही प्राकृतिक चिप्लोपन पैदा गर्ने, स्त्रीसँग प्रेमपूर्ण वार्तालाप खास गरी विगतका मधुर स्मृतिका प्रसंगहरू निकाल्ने र कहिलेकाहीँ स्पष्ट कुराकानी गरी स्त्रीलाई अप्ठ्यारो वा पीडा भएको भए प्रक्क्रीडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो स्तन वा अन्य संवेदनशील अंगमा आपसी सल्लाहले हस्तमैथुनद्वारा भए पनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको व्यवस्थापन गरी आफ्नो अप्ठ्यारालाई पुरुषले बुझेको अनुभूति गर्दा स्त्रीमा आफ्नो साथीप्रति कृतज्ञताको भाव बढ्दछ र यौनजीवन पनि सुखद रहिरहन्छ ।

उता पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका नारीहरूको मानसिक अवस्था अर्कै हुन्छ । उनीहरू आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको यस हठात् परिवर्तनबाट किंकर्तव्यविमूढमात्र होइन, कुण्ठा एवं ग्लानिबाट ग्रस्त हुन पुग्छन् ।

 किनभने, नारीको सबैभन्दा प्रिय चिज उसको घर हो । अनि, नारीलाई राम्रोसँग थाहा हुन्छ, यौनेच्छाको भोक शान्त पार्न नपाएको पुरुषबाट कुनै पनि बेला यस्तो काम हुन सक्छ, जसबाट घरको मर्यादा र गरिमा भंग हुन्छ ।

 यस्तो त्रासबाट ग्रस्त नारीले कुनै यस्तो अकल्पनीय पाइला चाल्न सक्छिन्, जसले उनका अन्य सबै उपलब्धिलाई क्षतविक्षत पारेर भए पनि उनको घरको मर्यादा कायम राख्छ भन्ने विश्वास होस्, चाहे त्यो तात्कालिक विश्वास उनको जतिसुकै ठूलो भ्रम किन नहोस् ।  -शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया