2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्नुअघि नखानुस् यी खानेकुरा, यी खानेकुराले लाग्दैन रातभर निद्रा

चैत ४, काठमाडौँ ।राम्रो स्वास्थ्यका लागि विभिन्न कुराहरु महत्वपूर्ण हुन्छन्, जस्तै राम्रो खाना, व्यायाम, राम्रो निद्रा आदि । यद्यपि, अहिलेको व्यस्तताले भरिएको जिन्दगीमा निद्रा कम लाग्नु एउटा सामान्य समस्या बनेको छ । सही खाना खाने बानीले शरीर स्वस्थ राख्न सकिन्छ । रातमा सुत्नुभन्दा पहिले के खाने, के नखाने भन्ने थाहा पाएपछि यस कुराबाट स्वस्थ रहन सकिन्छ । रातमा सुत्नु भन्दा पहिले के खाने, के नखाने ठीक तरिका जान्नु अत्यन्त आवश्यक छ । पोषणविज्ञ रीमा मधियनले सुत्नु भन्दा पहिले के खाने र कस्तो किसिमको खानाबाट पर रहने भन्ने सुझाव दिएकी छन् । 

सुत्नुभन्दा ३ घन्टा पहिले खाना खाने

सुतेको समयमा हाम्रो प्रतिरोधात्मक क्षमता बढिरहेको हुन्छ । यसै कारणले विहान उठेपछि हामी स्वस्थ र ताजा महशुस गर्छौं । तर ढिलोगरी खानु र डिनरको आधा–एक घण्टापछि नै सुत्नाले शरीर खाना पचाउने काममा व्यस्त हुन्छ । जसका कारण प्रतिरोधात्मक क्षमता बलियो हुन पाउँदैन । यसैले डाक्टरदेखि पोषणविद्सम्म खाने र सुत्ने समयबीच २–३ घन्टाको फरक पार्न सल्लाह दिन्छन् ।

मिठो खाने कुराले तपाईंलाई सुत्न दिँदैन

धेरै प्रशोधित चिनी भएका खानेकुराहरु रातिमा खानुहुँदैन । यसले शरीरलाई सक्रिय राख्छ, जसका कारण निद्रा चाडो आउँदैन । यसले स्लिपिङ पार्टनरलाई पनि डिस्टर्ब गर्नुका साथै शरीरलाई पनि नोक्सानी पुु¥याउछ । यसैले रातको समयमा यदि मिठाई, चकलेट, आइसक्रिम वा पेस्ट्रिज खानु हुन्छ भने यो बानीलाई तत्काल छोड्नुहोस् ।

चीजबाट बनेको खानेकुराले तनावमा पार्छ

सुत्नुभन्दा पहिले पिज्जा पार्टीको योजना गरिरहनुभएको छ भने अब यसबाट बच्नु जरुरी छ । यस्ता खानाहरु जसमा चीनको प्रयोग हुन्छ, त्यसलाई सुत्नु भन्दा पहिले नखानुहोस् । चीजमा अमिनो एसिड हुन्छ, जसले न्यूरोट्रान्समीटर रिलिज गर्छ । जसका कारण दिमागमा तनाव हुन्छ । यसैले रातीमा चीजले बनेको उत्पादन खानु हुन्न ।

अम्लिय खाना पनि नखानुहोस्

रातको समयमा यदि सुन्तला खाने इच्छा छ भने आफ्नो मनलाई बिहानसम्म नियन्त्रण गर्नुहोस् । जुन खानेकुरामा एसिड हुन्छ, त्यसले रातको समयमा टाउकोमा जलन गराउछ र एसिडिटी हुन्छ । यो गहिरो निद्रामा असर पार्ने कारण बन्न सक्छ ।

सुत्नुभन्दा पहिले क्याफिनयुक्त खानेकुरा नखानुहोस्

क्याफिनबाट बनेको चीजहरु पिउनाले कयौं पटक शरीरमा डिहाइड्रेशनको गुुनासो आउने गरेको छ । कफी, चिया, चकलेट ड्रिंक, ग्रीन टी जस्ता बस्तुमा कम वा धेरै क्याफिन हुन्छ । त्यसैले रातमा यस किसिमको चीज लिनबाट बच्नु पर्छ । रातमा सुतेपछि लामो समयसम्म शरीरलाई पानी उपलव्ध हुदैन । यस्तो अवस्थामा क्याफिनवाला चीज पिउनाले शरीरमा पानीको कमीको खतरा धेरै बढ्न जान्छ ।

सुत्नुभन्दा पहिले प्याकिङ गरिएको खानेकुरा खानु हुँदैन 

बजारमा कयौं किसिमका प्याकिङ गरिएका खानेकुरा पाइन्छ । यसमा तरकारी, परौठा, फ्राइज सबै पर्छन् । यसलाई लामो समयसम्म ताजा राख्न रसायको प्रयोग गरिएको हुन्छ, जसले स्वास्थ्यलाई नोक्सानी पु¥याउछ । रातमा सुत्नु भन्दा पहिले यी खानेकुराबाट बच्न जरुरी छ ।

रातमा कस्तो किसिमको खाना सबैभन्दा राम्रो ?

के खान हुन्न भन्ने थाहा पाएपछि के खानु पर्छ भन्ने पनि थाहा पाउनु जरुरी छ । यस बरोमा पोषणविद् मधियन भन्छिन्, ‘सुत्नुभन्दा पहिले दाल, भात, रोटी र तरकारी जस्ता खानेकुरा खान सक्नु हुनेछ ।’ यी बस्तु खानाले कुनै समस्या आउँदैन । तरतपाईले यी खानेकुरामा पनि धेरै रिफाइन्ड, तेल, घिउ वा बटर जस्ता चीज प्रयोग गर्नु हुन्न । यस बाहेक दही पनि खान सक्नु हुने छ । यदि कुनै कारणले ढिलो खानु हुन्छ भने यी स्तुलाई डिनरम समावेश गर्नुस् । 

खिचडी, दाल भात वा  उमालिएको तरकारी खानुहोस् । भेजिटेबल सूप वा बेसार भएको दूध पिउनुहोस् ।

बिहान उठेर कसरी गर्ने दिनको सुरुवात ?

बिहानको सुरुवात मनतातो पानीबाट गर्नु आवश्यक छ । यसले पेटलाई सफा गर्छ । यसपछि भिजेको बदाम वा भिजेको ओखर खानुहोस । चिया, कफीको बानी छ भने खाली यो पिउनबाट जोगिनुस् । चाहनुहुन्छ भने फल  पनि खान सक्नु हुने छ । चिया–कफीका साथ बिस्कुट जस्ता खानेकुरा खानुभयो भने ग्यासको समस्याको समस्या पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले