2026-09-18 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विहान खाली पेटमा यी ३ खानेकुरा सेवन गर्नुस्, सजिलै बढ्छ प्रतिरक्षा शक्ति

टिप्स | हाम्रो सरिरमा राम्रो प्रतिरक्षा शक्ति नहुँदा कतिसम्मको समस्या हुन्छ भन्ने कुरा कोरोना कहरकै बीच हामीले बुझेको कुरा हो । रोगसँग लड्ने राम्रो प्रतिरक्षा शक्ति नहुँदा हामीलाई सजिलै कोरोना जस्तो महामारीले सजिलै गम्भीर अवस्थामा पुर्याउन सक्छ । त्यसो त कोरोना मात्र नभई अन्य रोगसँग लड्नको लागि पनि राम्रो प्रतिरक्षा शक्ति हुनु जरुरी कुरा हो । 

हालको परिस्थितिमा हामी आफ्नो प्रतिरक्षा बढाउनको लागि जे पनि गर्न तयार रहेको अवस्था छ । कोरोना नसरोस भन्दै निकै सावधानी पनि अपनाईरहेका छौं । खाली पेटको समयमा हामीले केहि सजिलै प्राप्त हुने सामग्रीको सेवन गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्छौं । केहि खानेकुराहरु खालि पेटमा खाँदा त्यसले हामीलाई निकै फाइदा गर्छ । खालि पेटमा हाम्रो सरीरमा पाचनतन्त्र अन्य पाचन क्रियाकलापको बोझमा नरहेको हुँदा हामीले खालि पेटमा खाने कुरालाई पाचनतन्त्रले सहजै लिंदा त्यसको फाइदा हाम्रो सरीरलाई निकै पुग्छ । हामीले यहाँ तीन त्यस्तो खाने कुराको कुरा गर्दैछौं जो खालि पेटमा सेवन गर्दा हाम्रो सरीरलाई निकै फाइदा पुर्याउँछ । यसले मुख्यत: हाम्रो प्रतिरक्षा शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । 

१. लसुन

लसुनमा एन्टीबायोटिक र एन्टीब्याक्टीरियल गुण हुन्छ । यसले मानव सरीरलाई स्वभाविक रूपमा संक्रमणदेखि टाढा राख्नमा मद्दत गर्दछ । यति मात्र होइन, यसले ब्लड शुगर लेवललाई नियन्त्रण गर्ने, हृदय स्वास्थ्यमा सुधार गर्ने र फोक्सोसँग सम्बन्धित अन्य समस्याहरुको उपचारमा पनि निकै उपयोगी हुन्छ । लसुनको सेवनलाई तपाइँले आफ्नो बिहानको खानेकुराको रुपमा ग्रहण गर्नुभएमा कोरोना मात्र नभई अन्य रोग लाग्नबाट बच्न वा लागिहाले पनि त्यसबाट छुटकारा पाउन सकिन्छ । अधिकतम लाभ पाउनको लागि तपाइँले खाली पेटमा तातोपानीसँग लसुनको एक/दुई पाटी हरेक दिन सेवन गर्न सक्नुहुन्छ । 

२. अमला 

अमलाको गुण त धेरैलाई थाहा होला । अमला मानव स्वास्थ्यको लागि निकै प्रभावकारी मानिन्छ । अमलामा भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ । र यसले तपाइँहाम्रो प्रतिरक्षा शक्तिलाई बलियो बनाउनमा निकै प्रभावकारी भूमिका खेल्छ । तपाइहामीले अमलालाई त्यतिकै पनि वा तातो पानीको साथ बिहान बिहान सेवन गर्न सक्छौं । यसमा एन्टीअक्सिडेन्ट पनि हुने हुँदा, खाली पेटमा सेवन गर्नाले हाम्रो स्वास्थ्यको आन्तरिक देखि बाहिरी स्वास्थ्यलाई राम्रो गर्छ । यसले सरीरको छालालाई समेत चमकदार बनाउँछ । 

३. मह

खाली पेटमा तातो पानीसँग एक चम्चा मह खानाले सरीरको अनावश्यक तौल घटाउने, छाला र प्रतिरक्षाको लागि पनि यसले अद्भुत काम गर्दछ । महमा अतिरिक्त स्वाद र पोषक तत्वको लागि कागती निचोरेर तातोपानीमा मह/कागती पानीको सेवन गर्न सक्नुहुन्छ । यसरी पिउनाले एन्टीअक्सिडेन्टको भरिपूर्ण मात्रा हाम्रो सरीरले सहजै लिने हुँदा रोगसँग लड्ने क्षेमतालाई यसले बढाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया