मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य 
2026-06-20 05:25 AM
काठमाडौँ - KTM

सावधान ! रातमा बत्ति बालेर सुत्नु यतिसम्म खतरनाक

मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ ।

विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ । यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ । यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ । कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ ।

शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले सरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन् । रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारेमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

बिभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने सरीरले चाहन्छ । यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै सरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन् ।

यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने  देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ