म अहिले ५७ वर्षको भएँ । श्रीमतीलाई यौन सन्तुष्टि दिएर खुशी राख्न चाहन्छु । थुप्रै प्रकारका औषधि खाइसकेँ । भियग्रा पनि प्रयोग गरिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म अहिले ५७ वर्षको भएँ । श्रीमतीलाई यौन सन्तुष्टि दिएर खुशी राख्न चाहन्छु । थुप्रै प्रकारका औषधि खाइसकेँ । भियग्रा पनि प्रयोग गरिस"/>
2026-08-04 07:35 AM
काठमाडौँ - KTM

मजस्ता उमेर ढल्केकाले श्रीमतीलाई यौन सन्तिुष्ट दिन के गर्नुपर्ला ?

म अहिले ५७ वर्षको भएँ । श्रीमतीलाई यौन सन्तुष्टि दिएर खुशी राख्न चाहन्छु । थुप्रै प्रकारका औषधि खाइसकेँ । भियग्रा पनि प्रयोग गरिसकेको छु । भियग्रा विभिन्न नाममा उपलब्ध हुँदो रहेछ । कुनैले काम गरे जस्तो लाग्छ, कुनैले भने काम गरेको जस्तो लागेन । मजस्ता उमेर ढल्केकाले श्रीमतीलाई यौन सन्तिुष्ट दिन के गर्नुपर्ला ? नियमित भियग्रा सेवन गर्दा यसको साइड इफेक्ट हुन्छ कि हुँदैन ? -टी

आफ्नी श्रीमतीको यौन सन्तुष्टिप्रति तपाईंले देखाउनुभएको चासो तारिफयोग्य छ । यसले तपाईंहरूको पारिवारिक तथा यौन जीवन सुमधुर बनाउन सहयोग पु¥याउँछ । ढल्कँदो उमेरमा आउने सक्ने यौन समस्याप्रति तपाईं सजग हुनुहुँदो रहेछ, खुशी लाग्यो । तपाईंको उमेरकाहरूले यौन जीवनलाई सुखमय बनाउन केही विधि अपनाउन सकिन्छ । प्रश्नमा तपाईंले आफ्नी श्रीमतीको उमेर पनि लेख्नुभएको भए मलाई सुझाव दिन अझ सजिलो हुने थियो ।

तपार्इंको उमेरलाई विचार गरेर एक÷दुई कुरा भन्न मन लाग्यो । भियग्रा खानुअघि तपाईंले आफ्नो स्वास्थ्य जाँच गर्नुभएको थियो ? भियग्रा इरेक्टाइल डिस्फंक्सन (उत्तेजना समस्या) का लागि मात्र प्रयोग गरिन्छ ।  यस्तो अवस्थामा, यौन चाहना हुँदाहुँदै पनि सम्भोगका बेला लिंग राम्रोसँग कडा नहुनु वा भए पनि कडा भइनरहनुलाई इरेक्टाइल डिस्फंक्सन भनिन्छ । यस्तो अवस्था धेरै कारणले हुन सक्छ । मधुमेह, उच्च रक्तचाप भएमा, चुरोट बिँडी धेरै खाएमा, थाकेमा, तनावग्रस्त भएमा र अत्यधिक मदिरा सेवन गरेमा पनि लिंग कडा नहुन सक्छ । साथै, अरू कुरा पनि हुन्छन् । तपाईंको उमेरमा पुरुष आफ्नो यौनशक्तिलाई लिएर चिन्ता गर्न थाल्छ । सबैभन्दा पहिले तपाईं आफ्नो सामान्य स्वास्थ्य जाँच गराउनुस् र चिकित्सकको सल्लाहअनुसार भियग्रा लिनै परे लिनुहोला ।

भियग्राले लिंगको उत्तेजनालाई कायम राख्नमात्र मद्दत गर्छ । यौन चाहना बढाउने वा अरू कुरामा यो सहयोगी हँुदैन । धेरै मानिसले भियग्रा मनोरञ्जनका लागि पनि सेवन गर्ने गर्छन् । हामी हरेक कुराको कि त राम्रो पक्ष मात्र हेर्छाैं, कि त नराम्रो मात्र । कुनै पनि औषधि साइड इफेक्ट (प्रतिप्रभाव) रहित हुँदै हँुदैन भन्ने चाहिँ होइन । भियग्राको सेवनपश्चात् तपाईंको जीउ चिलाउन थाल्यो, सास लिन गाह्रो भयो, मुख, ओठ, जिब्रो र खट्टा सुनिन थाले, आँखामा अँध्यारो भयो, कानमा आवाज आउन थाल्यो, लिंगको उत्तेजना चार घण्टाभन्दा बढी भएमा र लिंग दुखेमा तुरुन्त डाक्टरलाई खबर गरिहाल्नुस् ।

मुटुसम्बन्धी कुनै औषधि खाइराख्नुभएको छ भने त्यससँगै भियग्रा खाँदा रक्तचापलाई सामान्यभन्दा धेरै तल पु¥याउन सक्छ । यसका कारण बेहोस हुनेदेखि पक्षघात र हृदयाघातसम्मको खतरा पनि ल्याउन सक्छ । भियग्रा एक पटक खाइसकेपछि २४ घण्टासम्म अर्को पटक लिनु हुँदैन र सम्भोग गर्नुभन्दा आधा घण्टा अगाडि लिनुपर्छ । एक पटक लिँदा एक चक्की (पाँच एमजी) भन्दा बढी लिनु हुँदैन । काम गरेन भनेर एकभन्दा बढी चक्की लिने गरेको पनि पाइन्छ । यसले नराम्रो असर पु¥याउन सक्छ ।

भियग्रा डाक्टरको सल्लाहअनुसार लिने औषधि हो । जथाभावी, आफूखुसी पसल वा औषधि पसलबाट किनेर भियग्रा नखानुहोला । बजारमा यसको माग बढेको हुनाले कमसल खालका भियग्रा पनि पाइन्छन् ।

यौन जीवनको अभिन्न अंग हो । यौनबारे खुलेर कुरा गर्नुस् । आफ्नो डाक्टरलाई सबै कुरा भन्नुस् । श्रीमतीलाई यौन सन्तुष्टि दिने सवालमा तपाईंका उमेरकाले भियग्रा नै सेवन गर्नुपर्छ भन्ने केही छैन । सम्भोग भनेको पुरुषको लिंग र महिलाको योनीको घर्षणमात्रै होइन । तपाईं श्रीमतीका स्तन खेलाएर, ‘सक’ गरेर पनि उनलाई सन्तुष्टि दिन सक्नुहुन्छ । फोरप्ले (प्राक्क्रीडा) प्रशस्त गर्नुस् । चुम्बन, आलिंगनआदि पर्याप्त गर्नुस् । ‘बूढो भएँ, कमजोर भएँ, सेक्सका लागि असमर्थ भएँ’जस्ता हीन मानसिकता नपाल्नुहोस् । सय वर्षको मानिसले पनि सेक्स गर्न सक्छ । किनभने, सेक्स शारीरिक क्रियामात्रै होइन, मानसिक क्रिया पनि हो । -शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन