डा. सुमनराज ताम्राकार ।

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. सुमनराज ताम्राकार ।

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा"/>

2026-09-18 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनसन्तुष्टि प्राप्त कसरी गर्ने ? जानी राखौ

डा. सुमनराज ताम्राकार ।

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा यौनसाथीबीच आपसी असमझदारी, पाक्क्रीडासम्बन्धी अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिने आदि कारणले पटक–पटकको यौन असन्तुष्टि अर्थात् चरमसुखको अभावका कारण वैवाहिक जीवन नै धरापमा पर्न बेर लाग्दैन । 

मानसिक तथा शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरम सुख प्राप्त गर्न सक्दैनन् । मानिस सामाजिक प्राणी हो । दैनिक क्रियाकलाप एवं आफू वरपरको वातावरणको प्रभाव यौन जीवनमा पनि पर्छ । घरायसी, पेसागत तथा आर्थिक अवस्थाबले यौनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।

कतिपयमा भने शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, नि:सन्तान, लिंगको बनावट आदिका कारणले चरम सुख प्राप्त गर्न गाह्रो हुनुका साथै यौन जीवन सफल पनि हुँदैन । यसका साथै गोप्यताको कमी, एकान्त वातावरणको अभाव, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौनरोग लाग्ने आशंकाका कारण पनि यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ ।

विवाहइतर सम्बन्ध, अविवाहित अवस्थामै यौन सम्बन्ध आदिमा पनि यौनसन्तुष्टि प्राप्त गर्न गाह्रो हुन सक्छ । एकै खालको दैनिकी, दाम्पत्यबीचमा विश्वासको कमी, करकाप वा बाध्यतापछिको यौनसम्बन्ध, वैवाहिक बलात्कार एवं यौनहिंसाका कारणले पनि चरम सुख प्राप्त गर्न गाह्रो हुन्छ ।

कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट प्रताडित भैसकेको अवस्थामा पछि यौनसम्बन्ध नै राख्न नचाहने हुँदा यथेष्ट यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् ।

जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ । हालसालैको ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्याधिक मद्यपान एवं लागूपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न नसक्ने भै चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ ।

महिनावारी भैरहँदा, योनिमार्गमा सुख्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौनसम्पर्कका कारण पनि चरम सुख प्राप्त गर्न सकिँदैन । माथि उल्लेखित समस्याअनुसार नै समाधानका उपाय पहिल्याउनुपर्छ ।

मुख्य कुरा यौन साथीबीच आपसी संवाद, समझदारीका साथै पाक्क्रीडाको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय अवस्थामा शारीरिक अवस्था तथा स्वास्थ्य समस्यालाई विचार गरी यौनसन्तुष्टि प्राप्त गर्ने वैकल्पिक उपायहरू अपनाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा यौन साथीहरूले एक–अर्काको आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ ।

मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान नदिई यौनसम्पर्कका लागि सहज वातावरण बनाउनुपर्छ । यस क्रममा यौनांग वरिपरिको समस्या, पीडादायी यौन क्रिया, विवाहइतर यौनसम्बन्ध तथा वैवाहिक बलात्कारको पनि उचित समाधान गर्नुपर्छ । साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया