यस्ता छन् आँप खानुको फाइदाहरु, मधुमेह भएकाले खाने की नखाने?

साझासवाल
3 Min Read

टिप्स | आजभोली आँपको सिजन नै छ । हाम्रो घरवरपर,बजारमा आँप सहज रुपमा पाइन्छ । यो फल सबैलार्इ मनपर्ने फलमध्ये पनि पर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । ‘फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ ।

आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई फाइदाजनक हुन्छ । त्यस्तै, आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्छ ।

तर, मधुमेहका रोगका बिरामीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान मुटुरोग विषेशज्ञ डा. ओम मूर्ति अनिल सुझाव दिन्छन् । उनका अनुसार आँपमा क्यालोरी बढी हुने भएकाले मोटोपना बढाउन सक्ने सम्भावना रहन्छ ।

मधुमेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ?

मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्यक्तिले एक टुक्रा मात्र खान मिल्छ र सुगर लेभल १५० देखि २०० छ भने दिनमा एउटा आँप खान मिल्छ ।

आँप र सुन्तलाको सिजनमा मानिसहरूले अलि धेरै नै मात्रामा यसको सेवन गर्ने गर्छन् । अन्य फलफूलको तुलनामा आँप, सुन्तला र केरामा सुगरको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको बिरामीले सुगर लेभल जाँच गरेर खाजाको रूपमा दैनिक एउटा आँप खान सक्छन् ।

तर,यी रोगका बिरामीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान उचीत हुन्छ।

१. डायबिटीज

जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।

२. पेटको समस्या

आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।

३. मोटोपन

जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।

४. एलर्जी

आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।

५. मुटुको रोगी

यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।

६. दाँत

आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।

७. अस्थमा

अस्थमा भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।

Share This Article
Leave a Comment

Leave a Reply