2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकांश पुरुषले आफ्नो पत्नी वा गर्लफ्रेण्डसँग बोल्ने ८ झुट

काठमाडौं | सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार कहिले आफ्ना पार्टनरलाई दुःखी नबनाउनका लागि झुट बोल्नुपर्ने अवस्था आइपर्छ भने, कहिले आफ्नो कुरा सावित गर्नका लागि पनि झुटको साहारा लिनुपरेको छ । 


अधिकांश पुरुषले यी ८ झुट आफ्नो पार्टनरसँग बोल्ने गरेको अध्ययनहरूले देखाएको छ । 

म एकल (सिंगल) छु

अधिकांश पुरुष रिलेसनसीपमा बसिरहेको अवस्थामा पनि अर्को कुनै महिलासँग आकर्षित भएमा सजिलै ‘म एकल (सिंगल) छु’ भनिदिन्छन् । उनीहरू आफूलाई मन परेको महिलाले बोल्न बन्द नगरोस् भनेर झुट बोल्ने गरेको बताउने गर्छन् । 

मैले उसलाई हेरिरहेको थिइनँ

आफ्नो पार्टनरसँगै बसिरहेको अवस्थामा पनि कोही सुन्दर महिला नजिकै भएमा पुरुषहरू एकोहोरो हेर्न थाल्छन् । यस्तोमा पार्टनरले उसलाई गाली गर्छिन् । पार्टनरले गाली गरेको बेला अधिकांश पुरुषले ‘मैले ती महिलालाई हेरेको थिइनँ’ भनेर सजिलै ढाँट्छन् । त्यस्ता पुरुषले अचानक आफू गहिरो सोचमा परेको बहाना बनाउँछन् । 

मैले कहिले पनि धुम्रपान र मद्यपान गरेको छैन, वा छाडिसके

रिलेसनसीपमा रहेका अधिकांश महिलाले आफ्ना पुरुष साथीले धुम्रपान परेको मन पराउँदैनन् । त्यस्तो अवस्थामा महिलाले धुम्रपानको विषयमा पार्टनरसँग चासो राख्दा पुरुषले ‘मैले कहिले पनि धुम्रपान गरेको छैन’ वा गर्नेले पनि ‘धुम्रपान गर्न छाडिसके’ भनेर झुट बोल्छन् । यदी यसको कपडाबाट चुरोटको गन्ध आएमा उसले सँगै बसेको साथीले पिएको थियो भनेर सजिलै ढाँटिदिन्छन् । 

म केवल तिम्रो बारेमा मात्र सोच्छु 

अधिकांश पुरुषहरूले आफ्नो पार्टनरको मन जित्नका लागि उसलाई ‘म केवल तिम्रो बारेमा मात्र सोच्छु’ भनेर भनिदिन्छन् । तर, वास्तवमा त्यस्तो हुँदैन । 

म तिमीबिना एक दिन पनि बस्न सक्दिन 

केही चलचित्रहरूमा पुरुषले आफ्नो पार्टनरलाई फोनमा ‘म तिमीबिना एक दिन पनि बाँच्न सक्दिनँ’ भन्छ । तर, फोन राख्ने बित्तिकै तुरुन्त पार्टी शुरू हुन्छ । वास्तविक जीवनमा पनि धेरै पुरुषले आफ्नो पार्टनरको मन राख्न यस्तो झुट बोलिरहेका हुन्छन् । 

पैसाको सम्बन्धमा झुट 

विवाह पहिले अधिकांश पुरुषले आफूलाई मन परेको महिलालाई आकर्षित गर्न आफूसँग धेरै पैसा भएको बताउँछन् । तर, त्यही पुरुष विवाहपछि पैसा हुँदाहुँदै पनि आफ्नो पत्नीसँग पैसा नभएको भनी झुट बोल्छन् । 

विवाह पहिले शारीरिक सम्बन्ध 

अधिकांश पुरुषले रिलेसनसीपमा बस्नुपूर्व आफ्नो पार्टनरलाई विवाह पहिले शारीरिक सम्बन्ध नराख्ने बताउँछन् । तर, रिलेसनसीपमा आउने बित्तिकै पुरुषको बाचा काम लाग्दैन । अरु त्यसअघि अरु कोहीसँग शारीरिक सम्बन्ध नभएको पुरुषहरूले बोल्ने आम झुट हो ।   

तिमी पहिलो केटी हौ, जोसँग मैले माया गरेँ

अधिकांश केटाहरू आफ्नो पत्नी वा प्रेमिकालाई उ नै पहिलो प्रेमिका भएको वा उसँग मात्र जीवनमा पहिलोपटक प्रेममा परेको भनेर झुट बोल्ने गर्दछन् । त्यस्तो केटाको विगतमा धेरै प्रेमिका भए पनि अधिकांशले त्यो कुरा वर्तमानमा रहेको प्रेमिकालाई बताउँदैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक